दैलेखमा बुबाको कुटपिटबाट छोराको ज्यान गयो
काठमाण्डौ – दैलेखमा बुबाले कुटपिट गर्दा छोराको ज्यान गएको छ ।
जिल्ला सदरमुकाम नारायण नगरपालिका–९ सालखर्कका ७३ वर्षीय कविराज थापाले ४४ वर्षीय छोरा यादव थापालाई गए राति कुटपिट गरेका थिए । पारिवारिक विवादमा कुटपिट भएको र छोरा यादवको गर्धन, पाखुरालगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । घाइते अवस्थामा उपचारका लागि दैलेख अस्पताल पुर्याउँदै गर्दा छोरा यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो ।
कुटपिटमा संलग्न कविराजलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
