"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अमेरिका र इरानबीचको तनाव चर्कियो

Table of Content

अमेरिका र इरानबीचको तनाव चर्कियो

काठमाण्डौ – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ । 

कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दाबी छ । 

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफ स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एक इरानी तेल ट्याङ्कर तथा केश्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो । 

आईआरजीसीले त्यसपछि अमेरिकी तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

4-1786083880

ट्याङ्करबाट तेल चोर्दा चोर्दै पर्सामा पम्प सञ्चालक र कर्मचारीसहित ७ जना पक्राउ

काठमाण्डाै – पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी...
1-1786088470

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आराेही पुरबहादुर गुरुङको स्वयम्भूमा अन्त्येष्टि

काठमाण्डाै – पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा ज्यान गुमाएका गोरखाको लाप्राकका पर्वतारोही पुरबहादुर गुरुङ...
Gold-pri-1783488612 (2)

तीन दिनमा सुनको भाउ तोलामा १३ हजार १०० रुपैयाँले बढ्यो

काठमाण्डौ — अस्ति बुधवारदेखि आज शुक्रवार हप्ताको अन्तिम कारोबार दिनसम्म सुनको भाउ लागातार बढेको छ...
metro-rail-1786078521

काठमाण्डौ उपत्यकामा मेट्रो रेल र सुरुङमार्ग बनाउने गुरुयोजना तयार

काठमाण्डौ — काठमाण्डौ उपत्यकामा बढ्दो ट्राफिक जाम र अव्यवस्थित यातायात व्यवस्थापनलाई सुधार गर्न सरकारले २५...
pakrau_ff97763a

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर, साउन २२ – कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०