"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मधेशको आर्थिक वृद्धिदर १.५ प्रतिशतभन्दा कम हुने अनुमान

Table of Content

मधेशको आर्थिक वृद्धिदर १.५ प्रतिशतभन्दा कम हुने अनुमान

काठमाण्डाै – राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको आर्थिक वृद्धिदर १ दशमलव ३१ प्रतिशतमात्र हुने अनुमान गरेको छ ।

कार्यालयले आज सार्वजनिक गरेको प्रादेशिक आर्थिक तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष ४ दशमलव ४३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको मधेशमा यो वर्ष ठूलो गिरावटको सम्भावना देखिएको हो । यो वर्ष राष्ट्रिय औसत वृद्धिदर भने ३ दशमलव ८५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा धेरै बागमती प्रदेशको आर्थिक वृद्धिदर ५ दशमलव ४० प्रतिशत र गण्डकीको ५ दशमलव ०१ प्रतिशत हुने अनुमान छ । यसैगरी कोशीको ३ दशमलव ३१, लुम्बिनीको २ दशमलव ८७, कर्णालीको २ दशमलव ९४ र सुदूरपश्चिमको ३ दशमलव ३८ प्रतिशत वृद्धिदर हुने अनुमान छ ।

राष्ट्रिय अर्थतन्त्रमा योगदानका हिसाबले बागमती प्रदेश सबैभन्दा अगाडि छ । यस वर्ष देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) ६६ खर्ब अनुमान गरेकोमा एक्लो बागमतीले मात्रै ३६ दशमलव ७ प्रतिशत हिस्सा ओगट्ने छ ।

प्रतिव्यक्ति आयतर्फ पनि बागमती र मधेशमा ठूलो अन्तर देखिएको छ । बागमतीको प्रतिव्यक्ति आय २ हजार ६४४ डलरसहित सबैभन्दा माथि रहँदा मधेशको ९३४ डलरसहित सबैभन्दा तल रहने अनुमान कार्यालयले गरेको छ ।

राष्ट्रिय औसत प्रतिव्यक्ति आय १ हजार ५१३ अमेरिकी डलर हुने कार्यालयको अनुमान छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

देशभर ३७ हजारभन्दा बढी जलनका बिरामी, नीति र निर्देशिका कागजमा मात्रै

काठमाडौँ । सरकारी तथ्याङ्क अनुसार नेपालमा जलनको समस्या जनस्वास्थ्यको चुनौतीका रूपमा देखा परेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पछिल्लो विवरण अनुसार देशभरका स्वास्थ्य संस्थाहरूमा ३७ हजार ४३८ जना जलनका बिरामी फेला परेका छन् । शाखाका अनुसार कोशीमा तीन हजार ९९३, मधेसमा ६ हजार पाँच, बागमतीमा १४ हजार...

धान रोपाइँलाई सहज बनाउन चितवनमा अनलाइनबाट मल वितरण

नारायणगढ (चितवन), असार ३२ – धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै १५ दिनमै ९६९.१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ । शाखाका प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो १५ दिनमा युरिया ६६८.२०० मेट्रिक...

नेपाल-भारतबीच विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं : नेपाल र भारतबीच विद्युत् आयात-निर्यातको क्षमता उल्लेखनीय रूपमा बढाउने सहमति भएको छ। पोखरामा सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठकले ढल्केवर-मुजफ्फरपुर र ढल्केवर-सीतामढी ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने संयुक्त विद्युत् प्रवाहको क्षमता विस्तार गर्ने निर्णय गरेको हो। बैठकले आयाततर्फ हालको १,००० मेगावाटबाट १,४०० मेगावाट र निर्याततर्फ १,१०० मेगावाटबाट १,६५०...

नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले शेयर बजारमा सुधार ल्याउन र लगानीकर्ताको खस्किएको मनोबल उच्च बनाउन सरकारलाई महत्त्वपूर्ण निर्देशन दिएको छ । समितिले  अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पूँजीबजारको आधुनिकीकरण र संरचनागत सुधारका लागि ठोस कदम चाल्न निर्देशन दिएको हो ।  समितिले शेयर बजारप्रति समग्र लगानीकर्ताको विश्वास बढाउन र बजारलाई थप पारदर्शी एवं...

धोबीघाट ढल प्रशोधन केन्द्रको परीक्षण सुरु, बागमती सफा हुने अपेक्षा

ललितपुर। ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन सुरु भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार ३० असारदेखि परीक्षण सञ्चालनमा आएको केन्द्रले दैनिक तीन करोड ७२ लाख लिटर ढल प्रशोधन गर्ने क्षमता राख्छ। पीआईडीका प्रमुख एवं इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार सीजीसीओसी–अटल जेभीले निर्माण गरेको यो केन्द्रले काठमाडौं उपत्यकाको ढल व्यवस्थापनमा महत्त्वपूर्ण...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०