"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

देशका केही ठाउँमा वर्षा : अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना

Table of Content

देशका केही ठाउँमा वर्षा : अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना

काठमाण्डौ – अहिले काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परिरहेको छ । पछिल्लो १२ घण्टामा देशका धेरैजसो ठाउँमा पानी परे पनि गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

म्याग्दीको तातोपानी स्टेशनमा सबैभन्दा धेरै ९८ मिलिमिटर वर्षा मापन भएको छ । गएराति गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भागमा पनि पानी परेको छ । अझै केही दिन देशका विभिन्न ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज  कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम बढी सक्रिय रहने देखिएको छ । यी प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने अरू प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि आंशिकदेखि सामान्य वर्षा हुन सक्ने मौसम पूर्वानुमान छ । 

आज रातिको समयमा कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना अझ बढ्ने देखिएको महाशाखाले जनाएको छ । मेघ गर्जन, चट्याङ, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

upendra-yadav_j3lS1ILJ07

संविधान संशोधन वा पुनर्लेखन नभएसम्म हामी संविधान विरोधी नै रहन्छौँ : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नेपालको राजनीतिक इतिहासमा पटक–पटक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०