"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

Table of Content

कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाण्डौ — प्रधानमन्त्री बालेन्द्र शाहले असुरक्षित र जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ । अरु भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिसका आधारमा आवश्यक निर्णय लिइने उहाँको भनाइ  छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले सरकारले कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको  छ  । “सरकारका सम्पूर्ण कदमहरू नागरिकको आवासको हक सुनिश्चित गर्दै दीगो समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्,” सन्देशमा भनिएको छ ।

उहाँले अपुष्ट सूचना नफैलाउन, भ्रममा नपर्न र अनावश्यक रूपमा नआत्तिन आग्रह गर्नुभएको छ । साथै हरेक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाइ छ । काठमाण्डौ उपत्यकाका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण हटाउने विषयमा टीकाटिप्पणी भैरहँदा प्रधानमन्त्री शाहले सरकारको तर्फबाट आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

साथै उहाँले सरकारले सञ्चालन गरिरहेको अतिक्रमित संरचना हटाउने अभियानलाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूमा त्रास फैलाउने प्रयास भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । विशेष गरी उठिबास हुने आशंका फैलाउने गतिविधिप्रति सरकार सचेत रहेको प्रधानमन्त्रीको भनाइ छ ।

केही कानुनी जटिलता हटाइएपछि वास्तविक भूमिहीन नागरिकहरूको पहिचानका लागि डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा अभिलेख व्यवस्थापनको कार्य समेत शुरु गरिएको प्रधानमन्त्री शाहले जानकारी गराउनुभएको छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

रासायनिक मलमा नयाँ कार्यविधि : वैज्ञानिक ढङ्गले तोकिन्छ मलको कोटा

काठमाडौँ । रासायनिक मल वितरणका लागि नयाँ कार्यविधि २०८२ कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति र वितरण प्रणालीलाई प्रभावकारी बनाउन ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ । २०८२ साउन ७ गते स्वीकृत भई लागु भएको यस कार्यविधिले लागत सहभागिताका आधारमा किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउने...

नागढुंगा सुरुङमार्ग देशकै गौरवः जेठदेखि सञ्चालनमा आउँदै

काठमाडौँ – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुखतम काम मध्येको एक हो नागढुंगा सुरुङमार्ग । यही नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म ९९ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको यस आयोजनाको आगामी जेठदेखि परीक्षण (ट्रायल) सुरु गरी साउनदेखि सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ । अहिले यो सुरुङ...

विद्यार्थी र कर्मचारी संगठन दलका ‘स्लिपर सेल’ बने– प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाहले विद्यार्थी र कर्मचारी संघ–संघटन ‘स्लिपर सेल’ बनेको टिप्पणी गरेका छन्। अध्यादेशमार्फत् दलगत कर्मचारी संगठन र विश्वविद्यालयबाट विद्यार्थी संघ–संगठन हटाउने निर्णयको प्रतिरक्षा गर्दै ती संस्थाहरू दलको छत्रछायामा हुर्किएको र अदृश्यरूपमा तिनैलाई सहयोग गर्नेजस्तो देखिएको भन्दै स्लिपर सेलको टिप्पणी गरेका हुन्।  जसको शाब्दिक अर्थ गुप्त रहेर अमुक व्यक्ति वा संस्थालाई काम गर्ने ‘लडाकू’ भन्ने हुन्छ।...

डोजर अघि, अदालत पछि : सुकुमवासी मुद्दामा सर्वोच्चको ‘विलम्ब’

काठमाडौँ — नेपाल प्रहरीले बस्ती हटाउन राति आएर माइकिङ गर्दै गर्दा थापाथलीस्थित बागमती किनारमा बस्ने गोपाल रनपहेलीको मनमा एउटै आश थियो- ‘अदालतमा मुद्दा छ घर भत्किँदैन होला ।’ तर, जबसम्म सर्वोच्च अदालतले फाइल पल्टाएर ‘कारण देखाऊ’ आदेश जारी गर्‍यो, त्यतिबेलासम्म गोपालको ओत लाग्ने टहरो माटोमा मिलिसकेको थियो ।  ‘न्याय ढिलो दिनु भनेको न्याय नदिनुसरह हो’ भन्ने उखान थापाथलीको...

ओमानसँगको खेलमा टस जितेको नेपालले पहिला ब्याटिङ थाल्यो

ओमानसँगको खेलमा टस जितेको नेपालले पहिला ब्याटिङ थाल्यो काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत ओमानसँगको खेलमा नेपालले टस जितेको छ ।  त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । खेल भर्खरै शुरु भएको छ । घरेलु मैदानमा भइरहेको शृङ्खला अन्तर्गत नेपाल ओमानसँगको अघिल्लो खेलमा पराजित भएको थियो । ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०