"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सडक विस्तारविरुद्ध वीरगञ्जमा चर्कियो आन्दोलन, ऐतिहासिक बजार क्षेत्र जोगाउन काठमाडौंमा पत्रकार सम्मेलन

Table of Content

वीरगञ्ज । वीरगञ्जको ऐतिहासिक पहिचान जोगाउन र मुख्य व्यापारिक क्षेत्रका हजारौँ नागरिकलाई विस्थापित हुनबाट बचाउन वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिले सरकारको ध्यानाकर्षण गराएको छ। आज (आइतबार) राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पीडित घरधनी र व्यवसायीले यस्तो माग गरेका हुन् ।

संघर्ष समितिले बालेन्द्र शाहलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामार्फत एक ज्ञापनपत्र बुझाउँदै वीरगञ्जको मुख्य सडक खण्डलाई सहरी मार्गको मापदण्ड अनुसार सडको चौडाई दुबैतर्फ ९÷९ मिटर कायम गर्न जोडदार माग गरेको छ।

पत्रकार सम्मेलनमा पूर्व सांसद लक्ष्मणलाल कर्ण, पूर्व सांसद बिमल केडिया, बिरगञ्ज वडा ९ का वडा अध्यक्ष तथा पीडित जवाहरप्रसाद गुप्ता, संघर्ष समितिका संयोजक कुन्दन रौनियार, सुरेन्द्रनाथ तिवारी, प्राडा शिवराम वैद्य, भरत रौनियारसम्मले बिरगञ्ज महानगरपालिकाले नियमविपरीत १ सय २० वर्ष पुरानो संरचना र व्यक्तिका निजी सम्पतीमा डोजर चलाउन थालेकोमा कडा आपत्ति जनाएका छन् ।

प्राचीन वीरगञ्ज शहरको मौलिक पहिचान, धार्मिक मठ–मन्दिर, धर्मशाला, मस्जिद र ऐतिहासिक धरोहरहरूलाई सडक विस्तारका नाममा हुने ध्वंसबाट जोगाउनुपर्ने समितिको मुख्य तर्क छ। गण्डकदेखि घन्टाघर हुँदै रजतजयन्ती चोकसम्मको क्षेत्रमा करिब १ हजार ५ सय घरधनी र ३ हजार बढी साना–ठूला व्यवसायीहरू आश्रित यो स्थानमा सडक विस्तारले ८० प्रतिशत घरधनीहरू पूर्ण रूपमा विस्थापित हुने र करिब ६ हजार युवाको रोजगारी गुम्ने अवस्था रहेको संघर्ष समितिका संयोजक रौनियारले बताए ।

यस्तै नारायणगढ–मुग्लिन सडकको नजिरलाई पनि पालना गर्न समितिले आग्रह गरेको छ । सरकारले यसअघि नै नारायणगढ–मुग्लिन राजमार्गको पुलचोकदेखि आँपटारीसम्मको सडक खण्डलाई भौगोलिक स्थिति र पुरानो बस्तीका कारण सहरी मार्ग कायम गरी दायाँ र बायाँ ९–९ मिटर मात्र विस्तार गरेको नजिरलाई आधार मान्न आग्रह गरिएको बिरगञ्ज बचाउ संघर्ष समितिका संयोजक जवाहरप्रसाद गुप्ताले बताए ।

वीरगञ्जमा पहिले नै ६ लेनको व्यापारिक मार्ग (पथलैया–परवानीपुर–बहुअरी–आईसीपी) सञ्चालनमा आइसकेको र स्थानीय पहलमा ४ लेनको वैकल्पिक मार्ग तथा बाईपास सडकहरू बनिसकेकाले मुख्य बजार क्षेत्रको सडकलाई अत्यधिक चौडा बनाउनु आवश्यक नरहेको संघर्ष समितिको ठहर छ।

संघर्ष समितिका संयोजक रौनियार र वीरगञ्ज बचाऊ संघर्ष समितिका संयोजक गुप्ताद्वारा हस्ताक्षरित उक्त पत्रमा आवश्यकता र औचित्यको सिद्धान् का आधारमा निर्णय गर्न सरकारलाई अपील गरिएको छ। यदि स्थानीयको जीविकोपार्जन र पुर्ख्यौली सम्पत्तिको रक्षा नगरे कडा आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी पनि दिएका छन् ।

वीरगञ्जका व्यवसायीहरूका अनुसार यो क्षेत्र देशकै राजस्वमा ठूलो योगदान पुर्‍याउने व्यापारिक हब भएकाले यहाँका भौतिक संरचना भत्काउँदा राष्ट्रिय अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने देखिन्छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अमलेखगञ्जमा डिजेल ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिकै डिजेल बोकेको ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे हेटौंडा–पथलैया सडकखण्डमा तीनवटा सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल...

बारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

कलैया । बारा प्रहरीले ब्राउन सुगर जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्सा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्। बारा बिश्रामपुर गाउँपालिका वडा...

प्रहरीले नेपाल प्रेसको समाचार कक्षमै प्रवेश गरेर पत्रकार सुवेदीलाई लियो नियन्त्रणमा

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सादा पोशाकका प्रहरीले शुक्रबार समाचार कक्षमै प्रवेश गरेर सुवेदीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका सम्पादक चिरञ्जीवि पौडेलले फेसबूकमार्फत जानकारी गराएका छन् । नियन्त्रणमा लिने क्रममा पक्राउ पुर्जी नदिइएको उनले बताए । ‘सादा पोशाकका प्रहरी समाचार कक्षभित्रै प्रवेश गरेर नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेका छन्...

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाण्डौ – शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद...

आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य चुनौतीपूर्ण : नेपाल प्रहरी

काठमाण्डौ – नेपाल प्रहरीले आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य थप चुनौतीपूर्ण बनेको जनाएको छ । संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बेपत्ता तथा शव खोजीमा आधुनिक प्रविधिको अभाव रहेको बताउनुभयो । विपद्का बेला पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजतलास...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०