"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सडक विस्तारविरुद्ध वीरगञ्जमा चर्कियो आन्दोलन, ऐतिहासिक बजार क्षेत्र जोगाउन काठमाडौंमा पत्रकार सम्मेलन

Table of Content

वीरगञ्ज । वीरगञ्जको ऐतिहासिक पहिचान जोगाउन र मुख्य व्यापारिक क्षेत्रका हजारौँ नागरिकलाई विस्थापित हुनबाट बचाउन वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिले सरकारको ध्यानाकर्षण गराएको छ। आज (आइतबार) राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पीडित घरधनी र व्यवसायीले यस्तो माग गरेका हुन् ।

संघर्ष समितिले बालेन्द्र शाहलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामार्फत एक ज्ञापनपत्र बुझाउँदै वीरगञ्जको मुख्य सडक खण्डलाई सहरी मार्गको मापदण्ड अनुसार सडको चौडाई दुबैतर्फ ९÷९ मिटर कायम गर्न जोडदार माग गरेको छ।

पत्रकार सम्मेलनमा पूर्व सांसद लक्ष्मणलाल कर्ण, पूर्व सांसद बिमल केडिया, बिरगञ्ज वडा ९ का वडा अध्यक्ष तथा पीडित जवाहरप्रसाद गुप्ता, संघर्ष समितिका संयोजक कुन्दन रौनियार, सुरेन्द्रनाथ तिवारी, प्राडा शिवराम वैद्य, भरत रौनियारसम्मले बिरगञ्ज महानगरपालिकाले नियमविपरीत १ सय २० वर्ष पुरानो संरचना र व्यक्तिका निजी सम्पतीमा डोजर चलाउन थालेकोमा कडा आपत्ति जनाएका छन् ।

प्राचीन वीरगञ्ज शहरको मौलिक पहिचान, धार्मिक मठ–मन्दिर, धर्मशाला, मस्जिद र ऐतिहासिक धरोहरहरूलाई सडक विस्तारका नाममा हुने ध्वंसबाट जोगाउनुपर्ने समितिको मुख्य तर्क छ। गण्डकदेखि घन्टाघर हुँदै रजतजयन्ती चोकसम्मको क्षेत्रमा करिब १ हजार ५ सय घरधनी र ३ हजार बढी साना–ठूला व्यवसायीहरू आश्रित यो स्थानमा सडक विस्तारले ८० प्रतिशत घरधनीहरू पूर्ण रूपमा विस्थापित हुने र करिब ६ हजार युवाको रोजगारी गुम्ने अवस्था रहेको संघर्ष समितिका संयोजक रौनियारले बताए ।

यस्तै नारायणगढ–मुग्लिन सडकको नजिरलाई पनि पालना गर्न समितिले आग्रह गरेको छ । सरकारले यसअघि नै नारायणगढ–मुग्लिन राजमार्गको पुलचोकदेखि आँपटारीसम्मको सडक खण्डलाई भौगोलिक स्थिति र पुरानो बस्तीका कारण सहरी मार्ग कायम गरी दायाँ र बायाँ ९–९ मिटर मात्र विस्तार गरेको नजिरलाई आधार मान्न आग्रह गरिएको बिरगञ्ज बचाउ संघर्ष समितिका संयोजक जवाहरप्रसाद गुप्ताले बताए ।

वीरगञ्जमा पहिले नै ६ लेनको व्यापारिक मार्ग (पथलैया–परवानीपुर–बहुअरी–आईसीपी) सञ्चालनमा आइसकेको र स्थानीय पहलमा ४ लेनको वैकल्पिक मार्ग तथा बाईपास सडकहरू बनिसकेकाले मुख्य बजार क्षेत्रको सडकलाई अत्यधिक चौडा बनाउनु आवश्यक नरहेको संघर्ष समितिको ठहर छ।

संघर्ष समितिका संयोजक रौनियार र वीरगञ्ज बचाऊ संघर्ष समितिका संयोजक गुप्ताद्वारा हस्ताक्षरित उक्त पत्रमा आवश्यकता र औचित्यको सिद्धान् का आधारमा निर्णय गर्न सरकारलाई अपील गरिएको छ। यदि स्थानीयको जीविकोपार्जन र पुर्ख्यौली सम्पत्तिको रक्षा नगरे कडा आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी पनि दिएका छन् ।

वीरगञ्जका व्यवसायीहरूका अनुसार यो क्षेत्र देशकै राजस्वमा ठूलो योगदान पुर्‍याउने व्यापारिक हब भएकाले यहाँका भौतिक संरचना भत्काउँदा राष्ट्रिय अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने देखिन्छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलान अन्तिम चरणमा

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलान अन्तिम चरणमा काठमाण्डौ — नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत नवलपुरको दाउन्ने क्षेत्रको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको छ । अब झण्डै २ सय मिटर सडकमा मात्रै ढलान गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार २ सय मिटर ढलान सम्पन्न...

श्रम संस्कृतिले देशैभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई संगठित गर्ने

श्रम संस्कृति पार्टीले देशैभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई संगठित गर्ने भएको छ। सरकारले नदी उकास, सरकारी एवम् सार्वजनिक जग्गामा रहेका सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई हटाउने अभियान चलाएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासीहरूलाई संगठित गर्ने घोषणा गरेका हुन्। ‘देशैभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई संगठित गर्ने अभियान देशैभरि सञ्चालन गर्न सबै जिल्ला समिति तथा पालिका समितिहरूलाई अनुरोध...

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  बैठक आज सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे नखुलाइए पनि सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछन् । उनका अनुसार सम्भव त संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनेबारे बैठकमा छलफल...

चितवनमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा

चितवन  । चितवनमा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य पाउन नसकेपछि यहाँका किसान चिन्तित बनेका हुन् । विगत २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकी भरतपुर महानगरपालिका–२५ बुद्धिचोककी लक्ष्मी रानाभाट अहिले बोडी, काँक्रो, करेलालगायत तरकारीले उचित मूल्य पाउन नसकेको बताइन् । उनले भनिन्, “अधिकांश...

अझै फर्केनन् फरार १३३ कैदीबन्दी

बागमती । मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४४० कैदीबन्दीमध्ये शनिबारसम्म २९४ कैदीबन्दी मात्र कारागार फर्किएका छन् । कारागारका प्रमुख सुवास पौडेलका अनुसार भिमफेदी कारागारबाट भागेकामध्ये हालसम्म २९४ जना र अन्य कारागारबाट फरार ७६ कैदीबन्दी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०