"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अब दोष थोपरेर उम्किने ठाउँ छैन : सुरेन्द्र पाण्डे

Table of Content

काठमाडौँ । निर्वाचनको पछिल्लो परिणामसँगै नेकपा एमालेका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले गम्भीर आत्मसमीक्षाको प्रस्ताव अघि सारेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पाण्डेले अब कसैलाई दोष थोपरेर उम्किने ठाउँ नरहेको स्पष्ट पारेका हुन्।

निर्वाचनको नतिजाले एमालेलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको उल्लेख गर्दै उनले जनताले दिएको सन्देशलाई हल्का रूपमा नलिन नेतृत्वलाई चेतावनी समेत दिएका छन्। एमालेले अब आफ्नो सांगठनिक संरचना, कार्यशैली र नेतृत्वको अभ्यासमै आमूल र ठोस सुधार गर्नुपर्ने बेला आइसकेको उनको ठम्याइ छ।

पाण्डेले पार्टीका कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गर्दै जनविश्वास गुम्नुको कारणलाई इमानदारीपूर्वक स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्। आफ्ना गल्तीहरू सच्याउने साहस देखाउन सके र नेतृत्वको पुरानो शैलीमा परिवर्तन ल्याउन सके मात्र जनताको भरोसा फेरि जित्न सकिने उनले बताएका छन् । 

उनले संगठन अघि बढाउनका लागि विगतका कमजोरीबाट पाठ सिक्नुको विकल्प नरहेको जिकिर गरे। कार्यपद्धतिमा सुधार नआएसम्म पार्टीले पुरानो शाख फर्काउन नसक्ने संकेत गर्दै उनले अबको बाटो आत्म–आलोचना र सुधारकै हुनुपर्ने बताएका छन् ।

पार्टीको हार र आन्तरिक अवस्थाप्रति निर्मम समीक्षा गरिरहँदा पाण्डेले चुनावी मैदानमा उत्रिएका प्रतिस्पर्धी शक्तिहरूलाई पनि सम्झन बिर्सेका छैनन् । उनले निर्वाचनमा शानदार नतिजा निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विजयी भएका सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई दिँदै लोकतान्त्रिक अभ्यासको सम्मान गरेका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Shankar_Pokhrel_9ZAiybdpLh

शंकर पोखरेलको टिप्पणी : दलहरूसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो

काठमाण्डौ – नेकपा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूसँगको संवाद प्रधानमन्त्री वालेन्द्र शाहका लागि एकादेशको...
NRB_Bank_final_iKM3hHv13C

मूल्यवृद्धि उच्च : घिउ, तेल, तरकारी र फलफूल सबैभन्दा महँगो

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा महँगी अत्यधिक बढेको छ ।...
ramchandra_poudel_yyL0tB0G0w

एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो...
Balen-dai23243545-1789793060

संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले सरकार संविधानको भावनाप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान...
sena-badi-1789805649

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

काठमाण्डौ – रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ११ जनाको शव निकालेको नेपाली सेनाले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०