"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

काठमाडौं–३ अपडेट : राति ९ बजे सर्वदलीय बैठक बस्ने

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ । निर्वाचन कार्यालयका अनुसार सबै वडाबाट मतपेटिका संकलन गरेर चामुण्डा माध्यमिक विद्यालयमा ल्याउने काम जारी छ । कार्यालयले दिएको जानकारी अनुसार राति ९ बजे सर्वदलीय बैठक बस्नेछ । उक्त बैठकको निर्णयपछि मात्र मतगणना सुरु गरिने जनाइएको छ ।
Read more

चितवन–१ मा १ लाख ४५ हजार बढी मतदाता, १७ उम्मेदवार प्रतिस्पर्धामा , विकास कामिले नेकपालाई समर्थन गर्ने

पुर्ण बहादुर मगरचितवन, मंसिर — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत चितवन क्षेत्र नं. १ मा कुल १ लाख ४५ हजार ६ सय ३१ मतदाताले आज मतदान गदँैछन । निर्वाचन आयोग, नेपालको तथ्यांकअनुसार यस क्षेत्रमा पुरुष मतदाता ७३ हजार ६ सय ५१ (४९.३० प्रतिशत) र महिला मतदाता ७१ हजार ९ सय ८० (५०.७० प्रतिशत) रहेका...
Read more

चितवन क्षेत्र नं १ मा निर्वाचन आचारसंहिता: लोकतन्त्रको परीक्षाक्षण

चुनाव लोकतन्त्रको उत्सव मात्र होइन, जनताबाट अनुमोदित हुने गम्भीर प्रक्रिया हो। नागरिकले आफ्ना प्रतिनिधि छान्ने यो क्षण स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुन सकेन भने लोकतन्त्रको आधार कमजोर हुन्छ। त्यसैले निर्वाचनका बेला लागू हुने आचारसंहिता औपचारिक कागज होइन, लोकतान्त्रिक संस्कारको आधारस्तम्भ हो। चितवन क्षेत्र नं १ का मतदाताले यसपटक पनि दल र उम्मेदवारको व्यवहारबाट यही संस्कारको...
Read more

‘कम्युनिस्टको गढ’मा कोही छैनन् ढुक्क

यस क्षेत्रमा सामाजिक विविधता छ । ठाउँ अनुसारका समस्या र उस्तै सम्भावना पनि छन् । यहाँका उम्मेदवार यस्तै विषय समेटेर अहिले मत माग्दैछन् । चितवन — जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रको भूगोल दक्षिण राप्ती खोलाको तीरदेखि उत्तरमा कामिङचुली पहाडको शिरसम्म फैलिएको छ । १ लाख ४९ हजार ६ सय २१ मतदाता रहेको यस क्षेत्रमा तीन स्वतन्त्रसहित १८ उम्मेदवार प्रतिस्पर्धामा...
Read more
1 2

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०