"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

जग्गा तथा आवास व्यवसायमा समस्यैसमस्या

भरतपुर । घरजग्गा तथा आवास व्यवसाय क्षेत्रमा काम गर्दै आएका व्यवसायीहरुले राज्यको नीतिका कारण आत्मबल कमजोर बन्दै गएको बताएका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघको चौथो महासभाका क्रममा बोल्ने व्यवसायीहरुले वित्तीय पहुँचमा कठिनाइ, कित्ताकाटको समस्या, कानुनी प्रक्रिया असहजजस्ता विषयले व्यवसायीको आत्मबल कमजोर भएको बताएका हुन् । सम्भावना धेरै भएर पनि सरकारले व्यवसायीसँग आवश्यक...
Read more

सिडिओ कार्यालय गेटमा खगेन्द्र सुनारसहित रास्वपा सांसदहरूको रातभरि धर्ना

खगेन्द्र सुनारसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले १२ घन्टादेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना दिएका छन्। सिन्धुलीको सुनकोशी गाउँपालिका-३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमै मृत्यु भएको घटनामा न्याय माग गर्दै बिहीबार साँझदेखि उनीहरू धर्नामा बसेका हुन्। धर्नमा रास्वपा सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, खिमा विश्वकर्मा, आशिष गजुरेल लगायत बुद्धिजीवि तथा...
Read more

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ९ महिनामा ७९ अर्ब ५४ करोडको सामग्री निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा ७९ अर्ब ५४ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भने १० अर्ब १९ करोड अर्थात् १५ प्रतिशत बढी आयात भएको हो । जबकि गत आर्थिक वर्षको...
Read more

ढुंगाले हिर्काएर छिमेकीको हत्या

फिदिम, वैशाख १० गते । पाँचथरको हिलिहाङ गाउँपालिकामा दुई जनाबिच भएको विवादमा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा हिलिहाङ–७ निवासी ५२ वर्षीय धनप्रसाद यवा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। उहाँलाई आफ्नै छिमेकी ५४ वर्षीय हरिचन्द्र योक्पाङदेनले आपसी विवादका क्रममा टाउकोमा ढुंगाले हिर्काउँदा मृत्यु भएको बताइएको छ। घटना बुधबार साँझ भएको हो। घटनापश्चात् आरोपित...
Read more

चितवनमा पाँच दिने ‘अटो शो’ आयोजना, ५० करोडको कारोबार र १० हजार दर्शकको अपेक्षा

भरतपुर । चितवनको भरतपुरमा आगामी वैशाख १७ गतेदेखि हुने ‘चितवन अटो शो’मा ५० करोडको कारोबार हुने प्रक्षेपण गरिएको छ । चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त आयोजनामा पाँच दिनसम्म हुने अटो शो हुन लागेको हो । भरतपुर प्रदर्शनी केन्द्रमा आयोजना हुने अटो शो वैशाख २१ गतेसम्म चल्ने अटो शोका संयोजक राजन पियाले...
Read more

राप्ती बन्यो सडक मानबमुक्त नगर

राप्ती । चितवनको राप्ती नगरपालिकालाई सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सहयोगापेक्षी सडक मानब मुक्त नगर घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीले सो नगरलाई सडक मानब मुक्त नगर घोषणा गरेका हुन् । मानबसेवा आश्रम भरतपुरसंगको सहकार्यमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले मेयर शमशेर लामालाई राप्ती नगर सडक मानबमुक्त...
Read more

बेनी अस्पतालमा दुर्घटनासम्बन्धी उद्धार र उपचार अभ्यास

६ वैशाख, म्याग्दी (बेनी) । म्याग्दीको प्रदेश अस्पताल बेनीमा आपत्कालीन उद्धार तथा उपचार व्यवस्थापनसम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन गरिएको छ । आज बिहान १०ः३० बजे पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको बस बेनी-गलेश्वर सडकखण्डमा दुर्घटना भएको परिकल्पना गर्दै अस्पतालको आपत्कालीन उपचार दिने क्षमता र अवस्थाको जाँच गरिएको हो । बस दुर्घटनाको जानकारीअनुसार सुरक्षाकर्मी तत्काल घटनास्थलमा पुगेर घाइतेको उद्धार...
Read more

राप्ती नगरपालिका वडा नं. ८ मा पीडित सेवा संघको सामाजिक परीक्षण सम्पन्न, संस्थागत पारदर्शिता र समुदायप्रतिको प्रतिबद्धता उजागर

चितवन – बुधवार, राप्ती नगरपालिका वडा नं. ८ मा सहभागीमूलक अध्ययन, सामाजिक रूपान्तरण तथा जैविक विविधता संरक्षणका क्षेत्रमा क्रियाशील पीडित सेवा संघले यस आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रमहरूको सामाजिक परीक्षण सम्पन्न गरेको छ। कार्यक्रममा सरोकारवालाहरू, स्थानीय प्रतिनिधि, सुरक्षा निकाय, लाभान्वित समूह र समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण पुर्ण बहादुर मगरले...
Read more

सामाजिक क्षेत्रमा योगदान दिनेलाई अवार्ड

राप्ती । हाम्रो राप्ती एफएम र विशाल न्युजले समाजका विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरुलाई चौथो विशाल अवार्डमार्फत सम्मान गरेको छ । राइजिङ मोडल विधाबाट नितेश चौधरी, राइजिङ सिङ्गर विधाबाट उत्सव ढकाल, सोसियल आइकन अफ द इयरबाट अञ्जु कार्की, युवा उद्यमी अफ द इयरबाट प्रदीप शर्मा तथा युथ आइकन अफ द इयरबाट सुमिना चौधरीलाई अवार्ड...
Read more

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टिका लगाइदिने

कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टिका लगाइदिने भएकी छन्। महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि सर्वसाधरणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए। जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ। भवानीको प्रतीकका रूपमा कुमारीलाई...
Read more

Trending News

Editor's Picks

चितवन दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा बगाले पुनः सर्वसम्मत

चितवन — चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अध्यक्षमा किशोर बगाले पुनः सर्वसम्मत चयन भएका छन्। संघको नयाँ नेतृत्व चयनका क्रममा बगाले दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा रामेश्वरसिंह ओली, सचिवमा कल्याण अधिकारी र कोषाध्यक्षमा शिवप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक वामदेव अधिकारीका अनुसार कार्यसमिति सदस्यमा युवराज थापा,...

राप्ती–४ को उतराखण्ड सडक स्तर उन्नति हुने । हाम्रो समाचारको औचित्य पूरा हुँदै

चितवन । राप्ती नगरपालिका–४ डडुवास्थित वडा कार्यालय चोकदेखि वडा नं. ४ र ५ जोड्ने भवानिपुर नयाँ पुलसम्मको सडक स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेको छ। उक्त सडकको दुवैतर्फ नालासहित स्तरोन्नति गर्ने उद्देश्यले सर्वेक्षणको काम सुरु गरिएको हो। उक्त सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा स्थानीयवासीले आवतजावतमा सास्ती खेप्दै आएका थिए। अब भने करिब १ हजार ५८०...

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने

काठमाडौँ,असोज २८- आगामी मंसिर १ गतेदेखि कोरियन भाषा परीक्षा सञ्चालन हुने भएको छ। ईपीएस कोरिया शाखाले सूचना जारी गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक परीक्षामा दुईवटा नयाँ क्षेत्र थप गरिएका छन्। यसअघि उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकोमा यसपटकदेखि सेवा क्षेत्र र वन क्षेत्र थप गरिएका हुन्। परीक्षा क्षेत्रअनुसार...

मकवानपुरमा मतदाता सूचीबाट ३ हजार ४७२ मतदाताको नाम हटाइयो

मकवानपुर । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा नेपाली नागरिकता परित्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको हो । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार नामावलीबाट हटाइएकामध्ये सबैभन्दा बढी एक हजार ९६४ जना मृत्यु भएका व्यक्ति...

प्रदेशसभा सदस्य वीरबहादुर थापाले मलाई राजीनामा पत्र बुझाउनु भएको छ : सभामुख भण्डारी

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभा सदस्य वीरबहादुर थापाले आफूलाई राजीनामा पत्र बुझाएको सभामुख भीमबहादुर भण्डारीले पुष्टि गरेका छन् । बुधबार रातोपाटीसँग कुराकानी गर्दै भण्डारीले आफूलाई थापाले राजीनामा पत्र बुझाएको पुष्टि गरे ।  ‘उहाँले हिजो राजीनामा पत्र बुझाउनु भएको छ । तर, स्वीकृति गरिएको छैन र के गर्ने भन्नेमा म परामर्शमा छु’, उनले रातोपाटीसँग भने । ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०