चितवन । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा विश्वनाथ पौडेल अर्थमन्त्रीको विज्ञ सल्लाहकार नियुक्त भएका छन । डा पौडेललाइ अहिले बनेको संघिय सरकारको अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरिएको हो । पौडेल चितवन निवासी हुन । उनि गएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं १ वाट काग्रेसका उम्मेदवार रहेका थिए । वहालमा रहेको उपाध्यक्षको पदलाइ उनले त्याग्दै सांसद बन्ने लाइनमा आएका पौडेलले पराजय व्यहोरे पछि भने धेरै जनताले मन दुखाएका थिए । उनि उपाध्यक्ष हुदै गर्दा चितवनका विभिन्न स्थानमा ठुला योजना परेका थिए । जुन अहिले काम भइरहेको छ । पौडेलले राप्तीका चेपाङ मार्ग , विभिन्न खोलामा पुल र दिगो आर्थिक समृद्धको लागी योजना अघि सारेका थिए ।