कक्षा ८ को नतिजा – सामुदायिक विद्यालयमा भण्डारा र बिरेन्द्र आर्दश उत्कृष्ट – संस्थागतमा आर्दश विद्या आश्रम र माउण्ट एभरेष्ट

अनिल अधिकारी
राप्ती । शैक्षिक सत्र २०७९ को आधाभुत तह अर्थात कक्षा ८ को नगरस्तरिय परिक्षामा सामुदायिक विद्यालय तर्फ भण्डारा मावि र विरेन्द्र आर्दश माविका छात्राछात्र उत्कृष्ट भएका छन । परिक्षामा छात्र तर्फ विरेन्द्र आर्दश मावि विरेन्द्रनगर छात्रद्धय सुर्य यादव र राजकिशोर यादवले समान ३ दशमलव ९० जिपिए ल्याउदै उत्कृष्ट छात्र भएका हुन । छात्रा तर्फ भने भण्डारा मावि भण्डाराकी कृशला थपलिया र साक्षि तामाङले समान ३ दशमलव ९० जिपिए ल्याउदै उत्कृट छात्रा भएका हुन । संस्थागत विद्यालय अन्र्तगत ३ दशमलव ९३ जिपिए ल्याउदै आर्दश विद्या आश्रमका निवास चौधरी उत्कृष्ट छात्र भएका हुन । यो संगै ३ दशमलव ९० जिपिए ल्याउदै माउण्ट एभरेष्ट स्कुलकी आरती सापकोटा उत्कृष्ट छात्रा भएकी छिन । राप्ती नगरपालिका उपप्रमुख देवेन्द्र लामा हाम्रो राप्ती एफ एमसंग कुराकानी गर्नुहुदै उत्कृष्ट अंकल ल्याउने विद्यार्थी र विद्यालयलाइ शुभकामना दिएका छन । उनले एसइइको जगको रुपमा लिइने कक्षा ८ को नतिजामा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयको मेहिनतको उच्च सम्मा रहेको भन्दै बधाइ तथा शुभकामना व्यक्त गरेका छन । यो बर्ष सामुदायिक विद्यालयको तर्फ वाट ६ सय ३८ जना विद्यार्थी सहभागि रहेको थिए । संस्थागत विद्यालयको तर्फ वाट ३ सय ७६ जना विद्यार्थी सहभागि रहेको थिए । जम्मा २५ विद्यालय वाट १ हजार १४ जना विद्यार्थीले नगरस्तरिय परिक्षामा सहभागिता जनाएको शिक्षा अधिकृत रविना देउजाले बताइन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार