राष्ट्रपति पौडेललाई थप उपचारका लागि आज भारत लगिँदै

काठमाडौं,बैशाख ६-

राष्ट्रपति रामचन्द्र पौडेललाई आज थप उपचारका लागि बुधबार भारत लगिँदैछ। छातीमा संक्रमण भएपछि बिरामी परेका राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्समार्फत् अहिले केही बेरमा भारत लैजान लागिएको उहाँका निजी सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए।उनका अनुसार राष्ट्रपति पौडेललाई नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स) मा लगिनेछ। उनका साथमा चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली जाने अधिकारीले बताउनुभयो। राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिएको हो। गत साता उहाँ त्रिवि शिक्षण अस्पतालमा तीन दिन भर्ना भएर उपचार गराएका थिए। सोमबार ‘फलोअप’का लागि गएका पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण भएको पाइएको थियो।मंगलबार फेरि असहज भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उनी अहिले अस्पतालमै छन्। उनको स्वास्थ्य सामान्य रहेको निजी सचिव अधिकारीले बताए। अस्पतालका चिकित्सककै सल्लाहमै राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजान लागिएको उनको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार