राप्ती । राप्ती नगरपालिकाले सुचनानै जारी गरी अव्यवस्थित बजारलाइ मिलाउन गरेको अनुरोधलाइ व्यापारीले अटेड गरी बसेका छन । चैत्र मसान्त सम्ममा भण्डारामा बजारमा राखेको ठेलागाडा अटाउने अनुरोधलाइ बैशाखको पहिलो साता सम्म पनि फुटपाथका व्यापारीले नअटाएपछि पालिकाले अव प्रत्यक्ष भेटेर अनुरोध गर्ने भएको छ । मुख्य बजार रहेको भण्डाराको स्वरुपलाइ सुन्दर बनाउने साथै व्यवस्थित बजारको परिकल्पना गदै बजारमा रहेका ठेलागाडा हटाउने प्रयासमा पालिका लागेको छ । तर चोकमानै राखिएका साना व्यवसायको कारण सुन्दर बजार बनाउने बिषयमा चुनौती थपिएको छ । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले सुन्दर राप्तीको परिकल्पना गदै सरोकारवाला संग वसी गरेको निर्णयमा व्यवसायीहरुले अटेड गरेको बताए । आफुहरुले जवरजस्ती हटाउने, वलजफति गर्न पनि नचाहेको र यस बिषयमा सम्वन्धित निकायले ध्यान दिनुपर्ने बताए । तोकिएको समयमा हामीले काम गर्न नसकिएको जस्तो देखिएको हो तर हामी निरन्तर उहाहरुलाइ कन्भिस सहित अनुरोध गरिहरेका छौ । पालिका, उद्योग वाणिज्य संघ र जनजागृत तरकारी संस्थाले ४ महिनाको भाडाको जिम्मेवारी लिदै चोकमा रहेका फुटपाटका व्यापारी, ठेलागाडालाइ भण्डाराको तरकारी मण्डीमा सर्न अनुरोध गरेको छ । तर पालिकाको यो अनुरोधलाइ फुटपाथका व्यापारीले चासो दिएका छैनन ।उनका अनुसार अटो रिक्साको व्यवस्थापनको लागी समेत निर्णय भएको तर अटो रिक्साहरुले पनि यस बिषयमा ध्यान नदिएको लामाले बताए । लामाले भने “ हामी सस्तो लोकप्रियता होस या स्टनको लागी तयार छैनौ , गरी खानेले खान पाउनु पर्छ हामी जनताकै पक्षमा छौ । तर अव्यवस्थित बजारीकरणले साच्चै पनि हामीलाइ राम्रो सन्देश दिएको छैन । यसको लागी सवैले बुझौ र सुन्दर राप्तीको अभियानमा पहिलो काम गरौ ” राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामाले स्थानिय सरकारले गर्नुपर्ने र लिनुपर्ने जिम्मेवारी सहित अनुरोध गरेकोमा स्थानिय व्यापारीले अटेड गरेकोमा गुनासो गरे । उनले भने “अझै हामी यस बिषयमा उहाहरुको गुनासो वा अन्य केहि सुझाव भए सून्ने छौ । तर त्यसपछि पनि उहाहरुको कुनै प्रतिक्रिया नआएमा हामीले बोल्ड निर्णय गर्नेछौ ” लामाले उद्योग वाणिज्य संग , वडा नं ५ , वडा नं ६ तथा टोल विकासले पनि अनुरोध गरेका हौ तर अझै प्रक्रिया पाएका छैनौ । यो बिषयमा हामी अझै आवश्यक छलफलमा लाग्नेछौ । राप्ती नगरपालिकाले धन्नै ४० दिन अघि सम्वन्धित सवैलाइ पालिकामा बोलाएर व्यवस्थित बजारीकरणको लागी छलफल गरेको हो । पालिकाले छलफल संगै सार्वजनिक सुचनानै जारी गदै फुटपाथलाइ व्यवस्थित गर्न र गराउनको लागी अनुरोध गरेको हो । तर फुटपाथका व्यापारी र अटो रिक्साले यो बिषयमा चासो नदिए पछि पालिकाले विकल्प खोजेको हो ।