बिद्यार्थी भर्ना अभियान २०८० – निशुल्क शिक्षा राप्तीको इच्छा

राप्ती । बैशाख ३ बाट नया शैक्षिक सत्र सुरु भएको छ । राप्ती नगरपालिकाले यो शैक्षिक सत्र वाट निशुल्क शिक्षाको अभियान ल्याएको छ । पालिकामा रहेका ४९ वटा सामुदायिक विद्यालयमा पढ्न अव पैसा नलाग्ने राप्ती नगर प्रमुख शमशेर लामाले बताए । उनले यो नया शैक्षिक सत्र २०८० वाट राप्तीको सामुदायिक विद्यालयमा निशुल्क शिक्षा अभियान सुरु भएको बताए । विपन्न परिवार मात्र होइन सवैलाइ सहज शिक्षा होस भनेर पालिकाले यसको तयारी गरेको उनले बताए । उनले केहि विद्यालयमा त आवसिय सुविधा सहित कक्षा सञ्चालन भएको र निशुल्क शिक्षा अभियानले थप सहज हुने उनको भनाइ रहेको छ । राप्तीका सामुदायिक विद्यालयमा स्थानिय सरकारले निशुल्क शिक्षाको अभियान सुरु गरेको र आइतवार वाट सुरु भएको भर्ना अभियानमा पनि यसले महत्वपुर्ण भुमिका खेल्ने बताए । अभिभावकहरु अहिले आफ्ना नानीवावुलाइ विद्यालय भर्नामा सक्रियता देखाएका छन । यसकारण पनि कोहि पनि पढ्न वाट वञ्चित नहुन भन्ने उद्देश्यले निशुल्क अभियान सुरु गरिएको बताए । अहिले विभिन्न विद्यालय वाट शुल्क लिएकाृ गुनासो आएको र त्यसको लागी पालिकाले विद्यालयसंग कुरा गर्ने बताए । उनले यसअघिनै विद्यालयलाइ शुल्क नलिन निर्देशन गरि सकेको बताए । उनले कुनै पनि सामुदायिक विद्यालयले शुल्क लिदैन । लिएको भए जानकारी गराउनु होला हामी आवश्यक प्रकृयागत रुपमा समन्वय गर्नेछौ । स्थानिय तहको निर्वाचनमानै निशुल्क शिक्षाको एजेन्डा रहेकोमा अहिले आएर जनतालाइ निशुल्क शिक्षा दिने कुरामा कुनै दुइमत छैन । हामी कसरी हुन्छ लागी परेका छौ । लामाले यो अवसर यहि शैक्षिकसत्र वाट सुरु हुने बताए । राप्तीका उपप्रमुख देवेन्द्र लामाले भने राप्तीमा कक्षा १२ सम्म हामी निशुल्क शिक्षाको लागि परेका छौ । यसका लागी सवै क्षेत्र वाट सहयोग पुग्नुपर्ने बताए । उनले सम्वनिधत निकाय र सरोकारवालाले ध्यान दिनुपर्छ । हामी साच्चै समान शिक्षाको लागी यो अभियानमा लागि परेका छौ । लामाले भने शिशु देखि कक्षा १२ सम्म निशुल्क शिक्षाको लागी हाम्रो प्रयत्न रहन्छ र हामी गर्नेछौ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार