बैशाख १ – घटना दर्ता सप्ताह सुरु

spot_img

घटना दर्ता सप्ताह सुरु भएको छ । राप्ती नगरपालिका लगायत देशैभरी द्धटना दर्ता सप्ताह सुरु भएको हो । बैशाख १ देखि ७ गते सम्म स्थानिय तहको पहलमा द्धटना दर्ता सप्ताह सुरु भएको हो । घटना दर्ता के हो ? यसमा वारम्वार सोधिने केहि प्रश्नहरु र त्यसका जवाफ

व्यक्तिगत घटना दर्ता सम्बन्धि सूचनामुलक जानकारीः पञ्जीकरण सम्बन्धि प्रायः सोधिने प्रश्नहरु र तिनका उत्तर
क. व्यक्तिगत घटना दर्ता भनेको के हो ?
मानिसको जीवनमा हुने व्यक्तिगत घटनालाई वडा कार्यालयमा रहेकोे स्थानीय पञ्जिकाधिकारी समक्ष गै दर्ता गराई प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।

ख. घटना दर्ता कति प्रकारका हुन्छन् ?
घटना दर्ता ५ प्रकारका हुन्छन् । ती हुन् जन्म, विवाह, बसाइँसराइ, सम्बन्धविच्छेद र मृत्यु ।

ग. स्थानीय पञ्जिकाधिकारी भनेको को हो ?
वडा सचिव वा वडा सचिव नभएको अवस्थामा पञ्जिकाधिकारीको सहमतिमा प्रमुख प्रशासकीय अधिकृतले तोकेको स्थानीय तहको कर्मचारीलाई स्थानीय पञ्जिकाधिकारी भन्छन् ।

घ. जन्म दर्ताको प्रमाणपत्र कहाँ कसरी बनाउने ?
जन्म भएको मितिले ३५ दिन भित्र सम्बन्धित गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतको वडा कार्यालयमा गै बनाउन सकिन्छ ।

ङ. विवाह दर्ता प्रमाणपत्र कसरी कहाँनेर कति दिन भित्र बनाउने ?
विवाह भएको ३५ दिन भित्र सम्बन्धित वडा कार्यालय, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा गै बनाउन सकिन्छ ।

च. सम्बन्धविच्छेदको प्रमाणपत्र कहाँ कसरी बनाउने ?
सम्बन्धविच्छेदको प्रमाणपत्र पति वा पत्नीले आफू बसोबास गरेको सम्बन्धित वडा कार्यालय, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकमा गै बनाउन सकिन्छ ।

छ. बसाइँसराइको प्रमाणपत्र कसरी बनाउने ?
बसाइँसराइ गर्ने व्यक्तिले सम्बन्धित वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा गै बनाउन सकिन्छ ।

ज. मृत्यु दर्ता चाहिँ किन गर्नुपर्ने नि ?
मृतकको मृत्यु सम्बन्धि कानुनी प्रमाण नै मृत्यु दर्ता प्रमाणपत्र हो । मृत्यु दर्ता गरेपछि मृतकसँगको आफ्नो नाता सम्बन्ध प्रमाणित गर्न सजिलो हुन्छ । सोही नाता प्रमाणितका आधारमा सम्पत्ति नामसारीरहस्तान्तरण लगायतका हक अधिकार हस्तान्तरण गर्न सकिन्छ । मृत्युु र जनसंख्या सम्बन्धि तथ्यांक तयार पार्न तथा झुठा कामकारबाही नियन्त्रणका लागि समेत मृत्युु दर्ता गराउन आवश्यक छ ।

झ. ३५ दिनभित्र घटना दर्ता गरिएन भने त्यसपछि हुँदैन त ?
३५ दिनभित्र घटना दर्ता नगरेपछि पनि गर्न पाईन्छ तर जरिवाना तिर्नुपर्छ ।

प्रायः सोधिने प्रश्नहरूः पञ्जिकरण

प्रश्न नं. १. व्यक्तिगत घटना दर्ता के हो ?
व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइँसराइ जस्ता मानिसका नीजि घटना स्थानीय पञ्जिकाधिकारीकोमा गै दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।

२. व्यक्तिगत घटना दर्ता गर्नु जरुरी छ छैन ?
जरुरी छ । व्यक्तिले राज्यवाट पाउने सेवा सुविधा र हक स्थापना गर्न कानुन बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी छ ।

३. व्यक्तिगत घटना दर्ता कहाँ गरिन्छ ?
सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका ।

४. व्यक्तिगत घटना कसले दर्ता गर्दछ ?
स्थानीय पञ्जिकाधिकारीले ।

५. स्थानीय पञ्जिकाधिकारी कस्लाई भनिन्छ ?
(क) नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका हकमा वडा सचिव र वडा सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) को सहमतिमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले तोकेको स्थानीय तहको कर्मचारी ।

(ख) गाउँपालिकाको हकमा वडा सचिव र वडा सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) को सहमतिमा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतले तोकेको स्थानीय तहको कर्मचारी ।

६. व्यक्तिगत घटना दर्ताको लागि सूचक को हुन्छ ?
व्यक्तिगत घटना दर्ताको लागि देहाय बमोजिमका सूचक हुन सक्दछन

व्यक्तिगत घटनाः जन्म
सुचक बन्न सक्नेः
बुबा आमा बाजे वा परिवारका मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारको उमेर पुगेको व्यक्ति
धर्मपुत्रपुत्रीको जन्म दर्ता गर्ने कानुन बमोजिम पारित लिखत समेत राखी धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबू वा आमाले बाबुआमा र बंशज तर्फ कोहि पनि नभएको हकमा सम्बन्धित वडा अध्यक्षको सिफारिसको आधारमा सम्बन्धित गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष र निजहरूको पदरिक्त भएको अवस्थामा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकाको क्षेत्रभित्रको व्यक्तिको हकमा सम्बन्धित वडा अध्यक्षको सिफारिसको आधारमा सम्बन्धित नगरपालिकाको प्रमुख वा उपप्रमुख र निजहरूको पद रिक्त भएको अवस्थामा सम्बन्धित नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सिफारिसको आधारमा ।

व्यक्तिगत घटना ः मृत्यु
सुचक बन्न सक्नेः
परिवारको मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारको उमेर पुगेको व्यक्ति ।
आमाबाबुको मृत्यु भएको सूचना दिने कर्तव्य भएको व्यक्ति नभएको अवस्थामा विवाहित छोरी समेत ।
विवाहित दिदीबहिनीको मृत्युका सम्बन्धमा बंशज तर्फ कोहि पनि नभएको प्रमाणित भएको खण्डमा माइती तर्फका दाजुभाइ समेत ।
बाबुआमा र बंशज तर्फ कोही पनि नभएको हकमा सम्बन्धित वडा अध्यक्षको सिफारिसको आधारमा सम्बन्धित गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष र निजहरूको पद रिक्त रहेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकाको क्षेत्र भित्रको व्यक्तिको हकमा सम्बन्धित वडा अध्यक्षको सिफारिसको आधारमा सम्बन्धित नगरपालिकाको प्रमुख वा उपप्रमुख र निजहरूको पद रिक्त भएको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत र नगरपालिका क्षेत्र भित्रको व्यक्तिको हकमा सम्बन्धित वडा अध्यक्षको सिफारिसको आधारमा सम्बन्धित नगरपालिकाको प्रमुख वा उपप्रमुख र निजहरूको पदरिक्त भएको अवस्थामा सम्बन्धित वडा सचिवको सिफारिसको आधारमा प्रमुख प्रशासकीय अधिकृत र वडा सचिवको व्यवस्था नभएको नगरपालिकाको हकमा प्रमुख प्रशासकीय अधिकृत ।
व्यक्तिगत घटनाः विवाह
सुचक बन्न सक्नेः
पति र पत्नी दुवै बेपत्ता भएका नागरिकको विवाह दर्ता गर्न पति वा पत्नी एक्लै (सर्जमिन मुचुल्का सहित) पतिले विवाह दर्ता गर्ने इन्कार गरेको अवस्थामा नाता कायम प्रमाणपत्र वा सम्मानित अदालतको फैसलाको प्रमाणपत्र भएमा पत्नी एक्लैले ।

व्यक्तिगत घटनाः सम्बन्धविच्छेद
सुचक बन्न सक्नेः
पति वा पत्नी मध्ये कुनै एक (तर अदालतले सम्बन्धविच्छेदको फैसला गरेको कागजात जरुरी हुन्छ ।)
दौत्य सम्बन्ध भएको मुलुकको अदालतमा सम्बन्धविच्छेद गर्ने नेपाली नागरिकको हकमा राजदुतावासवाट प्रमाणित अदालतको फैसलाको आधारमा पति वा पत्नीले ।
व्यक्तिगत घटनाः बसाइँसराइ
सुचक बन्न सक्नेः
परिवार सबै बसाइँसराइ गर्ने भए परिवारको मुख्य व्यक्तिले
व्यक्ति एक्लै बसाइँसराइ गर्ने भए व्यक्ति व्यक्ति स्वयंले ।
बाबुको ठेगाना नभएका बच्चाको आमाको नामवाट जन्मदर्ता गर्न मिल्दछ ?
मिल्दछ । बाबुको ठेगाना नभएको बच्चाको जन्मदर्ता गर्न सूचना फारामको बाबुको विवरणको महलमा ठेगान नभएको व्यहोरा लेखी आमा सूचक बनी जन्मेको घटना दर्ता गर्न सकिन्छ ।

८. आमा र बुबा दुवै नभएका बच्चाको जन्मदर्ता गर्न मिल्दछ ?
मिल्छ । विस्तृत जानकारी प्रश्न नं।६। को सूचकको महलमा उल्लेख छ ।

९. मावली हजुरबुबा वा हजुरामा पनि सूचक हुन सक्दछन् ?
सक्दैनन् ।

१०. विदेशी नागरिकको जन्मदर्ता गर्न मिल्दछ ?
बच्चा नेपालमा जन्मेको हो भने मिल्छ ।

११. नेपाली आमावाट विदेशमा जन्मी बाबुको पत्ता नलागेको जन्मदर्ता गर्न मिल्दछ ?
मिल्दछ । यसो गर्दा बालकको जन्मदर्ता गर्दा प्रमाणपत्रमा नेपाली राजदुतावास वा महावाणिज्यदूतावासले उपलब्ध गराएको मा उल्लिखित विवरण जस्तैः (जन्म स्थान, देश र जन्म मिति) उल्लेख गर्नुपर्दछ ।

यस बाहेक जन्मदर्ता प्रमाणपत्रमा विदेशी हो भने विदेशी र थाहा नभएको अवस्थामा थाहा नभएको उल्लेख गर्नुपर्छ ।

१२. के कारागार जन्मेकाररहेका बच्चाको पनि जन्मदर्ता गर्न मिल्दछ ?
कारागारमा जन्मेकार रहेका बालबालिकाको कारागारमा रहेको व्यहोरा प्रमाणित भै आए बमोजिम जन्मदर्ता गर्न मिल्दछ ।

१३. बाबुआमा नभएका व्यक्तिको पालनपोषण गर्ने व्यक्ति सुचक बनी जन्म दर्ता गर्न मिल्दछ ?
मिल्दैन । यस्मा प्रश्न नं.६ को सूचकको महलमा उल्लेख भए बमोजिम स्थानीय तहका पदाधिकारीले सूचक बस्नु पर्ने हुन्छ ।

१४. विदेशी नागरिकको मृत्यु दर्ता गर्न मिल्दछ ?
मिल्दछ ।

१५. विदेशी नागरिकको मृत्यु दर्ता गर्न को सुचक हुन्छ र के के कागजातको आवश्यकता पर्दछ ?
सम्बन्धित देशको राजदुतावास वा नियोगले प्रमाणित गरिदिएको सूचक वा आधिकारिक व्यक्तिले सूचक हुन पाउँछ । यसका लागि निम्नलिखित थप कागजात समेत चाहिन्छः

क. मृत्यु भएको अस्पताल वा प्रहरी प्रतिवेदन
ख. सम्बन्धित देशको राजदुतावासको सिफारिस वा कुनै कार्यालय वा योजनामा कार्यरत रहेको भए प्रमुखको रितपुर्वकको पत्र ।

१६. विदेशी नागरिक र नेपाली नागरिक बीच भएको विवाह दर्ता गर्न मिल्दछ ?
मिल्दछ । विदेशी नागरिक र नेपाली नागरिक बीच भएको विवाह मुलुकी देवानी संहिता ऐन, २०७४ बमोजिम प्रदत्त विवाहको प्रमाण देखिने कागजातको आधारमा मात्र दर्ता गर्न सकिन्छ । विदेशीको हकमा विदेशी पासपोर्ट नम्बर उल्लेख गर्नुपर्दछ ।

१७. नेपाली पुरुष र भारतीय महिला बीच भएको विवाह दर्ता गर्न के गर्नुपर्दछ ?
यस्तो विवाह दर्ता गर्न मुलुकी देवानी (संहिता) ऐन, २०७४ अनुसार गर्नुपर्दछ । र विवाह दर्ता प्रमाणपत्रमा पत्नीको नागरिकता नम्बरको महलमा भारतीय पासपोर्ट नम्बरका भारतीय नागरिक जनिने विवरण उल्लेख गर्नुपर्दछ ।
१८. बेपत्ता भएका नागरिकको विवाह दर्ता गर्न के गर्नुपर्दछ ?
बेपत्ता भएको आधिकारिक प्रमाण विवाहित महिलाको सासू वा ससुरा वा देवर वा जेठाजु भएमा निजहरू मध्ये एकजना समेत कम्तीमा ५ जना भएको स्थलगत सर्जमिन मुचुल्काको आधारमा बेपत्ता भएका नागरिकको विवाह दर्ता गर्न सकिन्छ ।
१९. पतिले विवाह दर्ता गर्न इन्कार गरेको खण्डमा के गर्नुपर्दछ ?
पतिले विवाह दर्ता गर्न इन्कार गरेमा नाता कायम भएको प्रमाणपत्र वा नाता कायम बारे अदालतको फैसलाको आधारमा विवाह दर्ता गर्नुपर्दछ ।

२०. के विदेशमा सम्बन्धविच्छेद भएकाको दर्ता नेपालमा गर्न मिल्दछ ?
दौत्य सम्बन्ध भएको मुलुकको अदालतमा सम्बन्धविच्छेद गर्ने नेपाली नागरिकको हकमा नेपाली राजदुतावासरमहावाणिज्यदूतावासवाट प्रमाणित अदालतको फैसलाको आधारमा दर्ता गर्न मिल्दछ ।

२१. सम्बन्धविच्छेद दर्ता कहाँ गर्नुपर्दछ ?
सम्बन्धविच्छेदको घटना दर्ता पतिको स्थायी ठेगाना गर्नुपर्दछ ।

२२. विवाह दर्ता गर्न जन्म दर्ता आवश्यक छ छैन ?
छैन । तर पति पत्नीको व्यक्तिगत विवरण विवाह दर्ता एवं जन्म दर्ता प्रमाणपत्रमा फरक नपरोस् भनी सुनिश्चित गर्नका लागि आवश्यक पर्न सक्छ ।

२३. बसाइँसराइ दर्ता गर्दा घर जग्गा हुनु आवश्यक छ छैन ?
मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने ऐन, २०३३ को दफा २ को आशय बमोजिम ६ महिना भन्दा बढी अवधी देखि सो ठाउँमा बसोबास गरेका छन् छैनन् भन्ने हेर्ने आधार आवश्यक पर्छ ।

२४. मतदाता परिचयपत्र भएको तर बसाइँसराइ नभएको व्यक्ति र परिवारसँग सम्बन्धित घटना दर्ता कहाँ गर्ने ?
मतदाता परिचयपत्र पाउने र व्यक्तिगत घटना दर्ता दुई अलगअलग कानुन अनुसार हुने हुँदा व्यक्तिगत घटना दर्ता सम्बन्धित व्यक्तिको स्थायी ठेगाना भएको भएको स्थानको पञ्जिकाधिकारीवाट हुनुपर्छ । मतदाता परिचयपत्र भएकै स्थानमा दर्ता गर्ने चाहना हो भने पहिले सेवाग्राहीले बसाइँसराइ गराउनुपर्छ ।

२५. व्यक्तिगत घटना दर्ता गर्दा नागरिकताको प्रमाणपत्र आवश्यक हुन्छ हुँदैन ?
प्रमाणपत्रमा नागरिकता नं. उल्लेख गर्नुपर्छ ।
जस्तैः जन्मदर्तामा बाबु र आमाको ।
मृत्यु दर्तामा मृतकको ।
विवाह दर्तामा पति र पत्नीको ।
सम्बन्धविच्छेद दर्तामा दर्ता माग गर्ने पति वा पत्नीको ।
बसाइँसराइमा सुचकको त्यस्तै व्यक्तिगत घटना दर्ता नेपालमा बसोबास गर्ने विदेशीका लागि पनि भएकाले नागरिकताको सट्टा विदेशी नागरिकको पासपोर्ट नम्बर उल्लेख गर्नुपर्छ ।

२६. पहिले जारी भएको प्रमाणपत्रको प्रतिलिपी माग गरेको अवस्थामा नयाँ ढाँचामा प्रतिलिपी दिने मिल्छ वा मिल्दैन ?
मिल्दछ । सामान्यतया अंग्रेजी भाषामा समेत प्रमाणपत्र लिने प्रयोजनका लागि सेवाग्राहीले त्यस्तो माग गर्न सक्छन् । स्थानीय पञ्जिकाधिकारीले यस्तोमा पुरानो प्रमाणपत्र कार्यालयको अभिलेखमा रहने गरि खिची लिने र अंग्रेजी तथा नेपाली दुवै भाषा भएको प्रमाणपत्रको प्रतिलिपी प्रदान गर्नुपर्दछ ।

२७. स्थानीय पञ्जिकाधिकारीको दस्तखत नभएको प्रमाणपत्रको कसैले नक्कल माग गरेको अवस्थामा के गर्ने ?
यस्तो अवस्थामा दर्ता किताब हेरि एवम् तत्कालीन पञ्जिकाधिकारीको नमूना समेत भिडाई जारी गर्ने अधिकारीको नाम कतै उल्लेख भएको पाईएमा नाम समेत राखी प्रमाणपत्र दिन । दर्ता किताब बाट पनि नाम पत्ता नलागेमा तर प्रमाणपत्रमा उल्लेखित सबै व्यहोरा दुरुस्त भएको अवस्थामा स्थानीय पञ्जिकाधिकारीको नाम थरको ठाउँमा मात्र लेख्ने । प्रमाणपत्रको प्रतिलिपी जारी गर्दा पञ्जिकाधिकारीको नाम, थर र मिति राखी दस्तखत समेत गरि प्रमाणित गर्ने ।

२८. नेपाली र अंग्रेजी भाषामा प्रमाणपत्र जारी गर्दा कुन भाषामा दस्तखत गर्ने ?
यसमा दुई अलगअलग दस्तखत गर्नु हुँदैन । कार्यालय दैनिक प्रयोजनमा जे जस्तो गरिन्छ, त्यहीँ दस्तखत नेपाली र अंग्रेजी दुवै व्यहोराको अन्त्यमा गर्नुपर्छ ।

व्यक्तिगत घटना दर्ता सम्बन्धि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग पञ्जिकरण शाखाको विशेष अनुरोधः
जन्मदर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिन भित्र आफ्नो स्थायी ठेगानाको वडा कार्यालयमा गै दर्ता गरौं । जन्म र मृत्यु दर्ताको सूचना परिवारको मुख्य व्यक्तिले र निजको अनुपस्थितिमा परिवारको १८ बर्ष उमेर पुगेको व्यक्तिले सूचना दिन सक्छन् । जन्म, मृत्यु, बसाइँसराइ, विवाह एवम् सम्बन्धविच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो ।

विवाहको सूचना पति र पत्नी दुवैले दिनुपर्छ । सम्बन्धविच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन् । बसाइँसराइ दर्ता गर्दा व्यक्ति आफू मात्र बसाइँसराइ गरि गए व्यक्ति र परिवारनै बसाइँसराइ गरि गए परिवारको १८ बर्ष उमेर पुगेको व्यक्तिले सूचना दिनुपर्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार