नव बर्षका दिन राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले नगरवासीमा शुभकामना दिदै बर्ष २०८० नगरवासीको बर्ष हुने बताए । उनले यो बर्ष नगरवासीको लागी प्राथमिकतामा राखेको छु । जनताको लागी काम गर्नेछु अनि जनतामुखि बजेटमा ध्यान दिनेछु भन्दै बर्ष २०८० लाइ बिशेष बर्षको रुपमा मनाउने बताए । लामाले नव बर्ष २०८० को अवसरमा नगरवासीमा सुखशान्ती र समृद्धिको कामना गरेका छन । उनले जनताको सुस्वास्थ्य र दिर्घायुको कामना गरेका छन । लामाले बर्ष २०७९ मा पालिका र जनताको लागी सहजता प्रदान गर्नका लागी विभिन्न काम र प्रयास भएको बताए । उनले २०७९ मा आफुले सम्हालेको ११ महिना विपन्न परिवार केन्द्रित काम भएको उनले बताए । विकास निर्माण र अन्य काम नियमित प्रकृया हुन यसका अलवा पालिकाका जनताको लागी सकरात्मक काममा आफुहरु लागी परेको भन्दै बर्ष २०८० जनताको बर्ष हुने कुरामा ठोकुरा गरे । बैशाख १ बाट सुरु भएको घटना दर्ता सप्ताहको अवसरमा ३५ लिनमा दर्ता गराउनु पर्ने घटना दर्ता गराइहाल्न अनुरोध गरेका छन । लामाले घटना दर्ता गराउदा जनताले पाउनु पर्ने सेवमा कहि कतै रोकतोक नहुने भन्दै आफ्नो सुरक्षाको लागी भएपनि घटना दर्ता गराउन अनुरोध गरेका छन । लामाले जन्म मृत्यु , बसाइसराइ , विवहा वा सम्वन्ध विच्छेद जस्ता घटनालाइ ३५ दिन भित्र निशुल्क दर्ता गराउन अनुरोध गरेका छन । उनले जो कोहि नागरिकले आफ्नो अधिकार प्राप्तीको लागी घटना दर्ता अनिवार्य गराउनु पर्नेमा जोड दिए ।
२०८० सालमा नतिजा आउने काम मात्र हुन्छ : उपप्रमुख लामा
बर्ष २०८० को जनताले सोचेको बर्ष हुने नगर उपप्रमुख देवेन्द्र लामाले बताए । लामाले यो बर्ष जनताको पक्षमा पालिकाले सकरात्मक काम गर्ने भन्दै नव बर्ष २०८० को शुभकामना दिएका छन । लामा नगरवासीको सुस्वास्थ्य दिर्घायु एवं समृद्धिको लागी शुभकामना दिएका छन । यो बर्ष जनतालाइ राहत र आट आउने बर्ष होस भन्दै शुभकामना दिएका हुन । लामाले देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीवहिनीमा शुभकामना दिदै नव बर्ष साच्चे बिशेष होस भनेका छन । नव बर्षमा पालिका प्रमुखको हैसियतले २०८० लाक्ष् जनतामुखि बनाउने बताए । उनले जनताको हरेक समस्या सुनिन्छ त्यसको समाधानको उत्तम उपाय खाजेर समाधान गरिने बताए । २०७९ साल सिकाइको भएको भन्दै यस वाट सिकेका रा जानेको कुरालाइ ८० मा प्रयोग गरिने बताए । लामाले बैशाख १ बाट सुरु भएको घटना दर्ताको सप्ताह बिशेष रुपमा मनाउन पनि अनुरोध गरे । हाम्रो जिवनमा घटना दर्ताको अत्यन्तै महत्वपुर्ण भुमिका रहेको भन्दै सुरक्षित भविश्यको लागी घटना घटेको ३५ दिन भित्र घटना दर्ता गर्न र गराउन अनुरोध गरे । मानिसको जन्म देखि मृत्यु सम्मको हरेक घटनालाइ दर्ता गराइ आफु र आफ्नो परिवारको लागी सचेत हुनु पर्ने बताए । ३५ दिन पछि भएका घटना दर्ताको शुल्क लाग्ने , घटना दर्ता ढिला हुदा विभिन्न सरकारी सुविा वाट वञ्चित हुनु पर्ने लगायतका बेफाइदा रहेको भन्दै घटना दर्ता गर्नका लागी लामाले अनुरोध गरेका छन । राप्ती नगरपालिकाले बैशाख ७ सम्म घटना दर्ता सप्ताह मनाइरहेको भन्दै सवैले सहयोग गर्नुपर्नेमा जोड दिए ।