तमू ह्युलद्वारा क्यालेन्डर विमोचन

spot_img

भरतपुर । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनले २०८० सालको क्यालेन्डर विमोचन गरेको छ । सोमबार महाबौद्ध गुम्बा परिसरमा तमू ह्युल छोंज धींका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरूङ, विपश्यना ध्यानका गुरू आचार्य अक्कलध्वज गुरूङलगायतको उपस्थितिमा संस्थाले पहिलोपटक क्यालेन्डर विमोचन गरेको हो ।

कार्यक्रमका प्रमुखअतिथि ह्युल छोंज धींका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरूङले जिल्लामा नयाँ–नयाँ काम हुँदै गर्दा पुरानो कामलाई पनि नबिर्सन सुझाव दिए । नयाँ पुस्तामा भाषा तथा संस्कृति संरक्षण चुनौतीको विषय बन्दै गएको भन्दै उनले भने, ‘हामीले भाषा, धर्म, संस्कार, संस्कृति र भेषभूषालाई पुस्तान्तरण गराउन सकेनौँ भने भावी पुस्ताले हामीलाई नै सराप्ने छ ।’

कार्यक्रममा विपश्यना ध्यानका गुरू आचार्य अक्कलध्वज गुरूङ, शैक्षिक व्यक्तित्व एवम् ह्युल छोंज धींका सल्लाहकार वेलबहादुर गुरूङ, ह्युल छोंज धींका सल्लाहकारहरु चन्द्रमान गुरूङ, देवेन्द्रबहादुर गुरूङ, गजबहादुर गुरूङ, बौद्धधर्म सेवा समिति चितवनका अध्यक्ष विकाश गुरूङलगायतले पनि शुभकामना मन्तव्य दिएका थिए ।

ह्युल छोंज धीं चितवनका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर घोताने गुरूङले स्वागत मन्तव्य दिएको कार्यक्रममा नयाँ वर्ष २०८० को समेत शुभकामना आदानप्रदान गरिएको कार्यक्रममा हालै सम्पन्न तमू ह्युल छोंज धीं बागमती प्रदेश, तमूस्यो ह्युल छोंज धीं बागमती प्रदेश समिति र तमू सञ्चारकर्मी संघको संघीय समितिमा चितवन जिल्लाबाट निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरुलाई सम्मानसमेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार