राप्ती २ विवाद वडाको निर्णय प्रति चार दलको ध्यानकर्षण

spot_img
राप्ती २ विवाद वडाको निर्णय प्रति चार दलको ध्यानकर्षण राप्ती । राप्ती नगरपालिका वडा नं २ ले काशिराज पाठकलाइ सेवा प्रवाह बन्द गर्ने निर्णय विरुद्ध वडाका चार दलले विरोध जनाएका छन । विरोध गर्नेमा नेपाली काग्रेस वडा नं २ समिती, राष्ट्रिय स्वतन्त्र पाटी वडा समिती , एकिकृत समाजवादी वडा नं २ कमिटी र राप्रपा वडाले सयुक्त रुपमा सोमवार विज्ञप्ति निकालेको हो । विज्ञप्तिमा जनता र वडा विचको विवादलाइ लिएर जनताले पाउनु पर्ने अधिकार माथि हस्तक्षेप गरेको भन्दै यो निर्णय वडामा रहेका सक्रिय राजनैतिक दलले स्वीकार नगर्ने बताएका छन । वडाका पार्टी अध्यक्ष र सभापतिको सयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा वडाले तत्काल गरेको निर्णय फिर्ता लिनुपर्ने बताएका छन । चैत्र २४ गते वसेको वडाको बैठकले काशिराज पाठकले भोगचलन गदै आएको सरकारी जग्गा फिर्ता नभए सम्म पाठकलाइ वडाले सेवा प्रवाह बन्द गर्ने भनि सुचना निकालेको छ । यस बिषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीृ राप्ती नगर कमिटीले पनि विरोध गदै विज्ञप्ति निकालेको छ । समितका नगर अध्यक्ष शिवराज धरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा वडाले एक्लौटी निर्णय गदै गरेको निर्णयको विरोध गरेको छ । वडाले भने यस बिषयमा वारम्वार जानकारी गराउदा सम्म पाठकले अटेड गरी सरकारी जग्गा भोगचलन गरिरहेको भन्दै यो निर्णय गर्न वाध्य भएको बताएको छ । यता पाठकले यस बिषयमा आफु कानुनको सहायता लिने बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार