बुटवलमा नेभाराको फेशन डिजाइनिङ्ग ग्राजुएसन एण्ड प्रिजेण्टेशन कार्यक्रम सम्पन्न

  नेभारा बुटिक एण्ड फेशन डिजाइनिङ्ग इन्स्टिच्युट बुटवलले आफ्ना फेशन डिजाइनिङ्ग कोर्स गर्ने ८ जनालाई ग्राजुएसन  कार्यक्रम सम्पन्न गरेको छ। आउदै गरेको नयाँ बर्षको अवसर पारेर शुभकामना आदानप्रदान सहित गरिएको सो कार्यक्रमममा जनाले आफ्नो फेसन दिजाइनिङ्ग सम्बन्धी प्रस्तुती दिएका थिए।

ढिला भएपनि परिश्रमको फल मिठो हुन्छ भन्ने हाम्रो नेपाली उखान नै छ । तर सच्चा परिश्रम, जोश र जाँगर भएमा त्यो परिश्रमको फल फल्न धेरै समय पनि लाग्दैन । नेपाली समाजमा कतिपय ठाउँहरु छन् जहाँ महिलाहरुलाई केहि काम गर्ने इच्छा जागेर आउँदा पनि आफ्नो क्षमता विकास गर्न पाएका छैनन् । यही तथ्य लाई मध्येनजर गर्दै नेभारा बुटिक एण्ड फेशन डिजाइनिङ्ग इन्स्टिच्युट बुटवलले आफ्ना फेशन डिजाइनिङ्ग कोर्स गर्ने ३२ जनालाई ग्राजुएसन गरेको नेभाराकी संचालक तथा फेशन डिजाइनर मुना रानाले बताउनुभयो।

नेपाली समाजमा पहिलेको तुलनामा अहिले धेरै परिवर्तन आएको पनि देखिन्छ । आज भन्दा कयौं वर्ष अगाडी केहि गर्छु भन्दा समाजको डरले महिलाले आफ्नो कदम उठाउन नसक्ने अवस्था थियो । यस्तो अवस्थामा पनि समाजसँग जुधेर आफ्नो मनमा पलाएका इच्छा, आकांक्षा, जोश, जाँगरलाई लिएर परिस्थिति सँग जुध्ने मेहेनती र साहशी माहिलाहरू नै सफल हुन्छन । पारिवारीक र सामाजिक परम्परा तोडेर अग्रपंतीमा आउनु नै चुनौती रहेको नेपालमा उद्यमी व्यवसायी बन्न झन् कठिन छ । तर,यस्ता चुनौतिको पार गर्दै सफलताको शिखरमा पुग्ने महिलाहरु अहिले धेरै देखिन थालेको अहिलेकी सफल फेसन डिजाइनर तथा सफल महिला फेसन डिजाइनर सोनु मल्लले बताउनुभयो।  होस्ट ध्रुव रानाको संचालनमा भएको कार्यक्रम हट कप्स बुटवलमा भएको फेशन डिजाइनरका प्रशिक्षक पार्वती गिरीले बताउनुभयो।कार्यक्रमममा सहभागीहरुले आ आफुले डिजाइन गरेका डिजाइनिङ्ग तथा प्रस्तुतिको क्रममा संगीत गीत र अन्य विधाहरु प्रस्तुत समेत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार