दोलखाको वैतेश्वरका जनप्रतिनिधि र कर्मचारीले छोराछोरीलाई सरकारी विद्यालयमै पढाउनुपर्ने

काठमाण्डाै – दोलखाको वैत्यश्वर गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सबै जनप्रतिनिधि र सरकारी कर्मचारीलाई छोराछोरी अनिवार्यरूपमा सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ ।

आज आइतवार बसेको गाउँ कार्यपालिकाको बैठकले निजामती कर्मचारी, जनप्रतिनिधि, शिक्षक, विद्यालय कर्मचारी, बालविकास सहयोगी कार्यकर्ता र सामुदायिक सिकाइ केन्द्रका परिचालकलगायत राज्य स्रोतबाट तलब खाने सबैका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमै भर्ना गराउन निर्देशन दिएको हो । यो व्यवस्था आउँदो शैक्षिक सत्र २०८० सालदेखि नै लागू हुने वैतेश्वर गाउँपालिकाको सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार