‘विद्यालयले किताब र पोसाक बेचेको गुनासो आएको छ, निर्देशिका पालना नगर्नेलाई कारबाही हुन्छ’

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले मापदण्ड विपरीत कार्य गर्ने विद्यालयलाई कारबाही गर्ने बताउनु भएको छ । विद्यालयले किताब बेच्ने गरेको र पाेसाकसमेत आफूले तोकेको ठाउँबाटै किन्न बाध्य पारेको गुनासो आएको भन्दै उहाँले यस्तो कार्य गर्नेलाई कारबाही गर्ने बताउनु भएको हो ।

बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर शाहले  विद्यालय आफैँले पुस्तक बेच्नु र तोकिएकै ठाउँमा पाेसाक किन्न अभिभावकलाई बाध्य पारिनु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका-२०६९ काे विपरीत भएको स्मरण गराउनु भएको छ ।

उहाँले महानगरका सबै विद्यालयलाई मापदण्ड अनुसार सञ्चालन गर्न आग्रह गर्नु भएको छ । यसअघि गएको १७ गते महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले विज्ञप्ति निकालेर विद्यालयलाई पुस्तक नबेच्न र पाेसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न आग्रह गर्नु भएको थियो ।

विज्ञप्तिमा किताब बेच्ने विद्यालयलाई कानुन अनुसार कारबाही गर्नेसमेत चेतावनी दिएको थियो । महानगरपालिकासहित काठमाण्डौ उपत्यकाका धेरै विद्यालयले किताब बेच्ने गरेका छन् भने तोकिएको ठाउँमै पाेसाक किन्न अभिभावक बाध्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार