सडक दुर्घटनामा दुइ जना घाइते

राप्ती । राप्ती नगरपालिकाको मुख्य बजार भण्डारामा सडक दुर्घटना भएको छ । शुक्रवार दिउसो ना ४ ख २०४७ नम्वर मिनिवसले बागमती प्रदेश –०३ –००२ – प ९८८८ नम्वरको मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकलमा सवार दुइजना घाइते भएका छन । घाइतेहुनेमा राप्ती नगरपालिका ५ बर्ष २८ का रमेश स्याङ्गतान र खैरहनी ६ का ५१ बर्षका खगेन्द्र पाठक घाइते भएका हुन । स्याङ्गतान नगर प्रमुखका सचिवालयका सचिव र पाठक लेखा शाखामा कार्यरत रहेका छन । घाइते दुवै जनालाइ भण्डारामा सामान्य उपचार पछि भरतपुरमा थप उपचारको लागी लगेको छ । पाठकलाइ सामान्य र स्या–ङ्गतानलाइ टाउकोमा चोट लागेको छ । मिनिवस सहचालकले चलाएको कारण दुर्घटना भएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख श्याममणी पोखरेलले बताए । अहिले बस र सहचालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार