राप्तीमा प्रमुख प्रशासकिय अधिकृृत न्यौपाने अव जनताको काममा ढिलाइ हुदैन : नगर प्रमुख लामा

राप्ती । राप्ती नगरपालिका चितवनमा नया प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपानेले कार्यभार सम्हालेका छन । न्यौपाने बुधवार साझ आइ विहिवार वाट नियमित कार्यभार सम्हालेका हुन । न्यौपाने यसअघि लामो समय संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेर काम गरेका हुन । उनले गृह मन्त्रालयको शान्ती सुरक्षा व्यवस्था हेर्ने महाशाखा, सुदुर पश्चिम प्रदेशको आन्तारिक मामिला तथा कानुन मन्त्रालयमा समेत उनको अनुभव रहेको छ । न्यौपाने रुकुम जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी रहेर समेत काम गरेका छन । उनको स्थानिय तहमा भने यो दोस्रो अनुभव हो । यसअघि दिग्तेल रुपाकोट नगरपालिकामा काम गरेका छन । अनुभवी प्रमुख प्रशासकिय अधिकृतले राप्तीमा कार्यभार सम्हालेकोमा नगर प्रमुख शमशेर लामाले खुशि व्यक्त गरे । उनले पालिकामा सुशासन र व्यवस्थापनमा अझ विश्वसनिय हुने बताए । लामाले न्यौपानेको अनुभवले कर्मचारीको व्यवस्थापन र यसको लागी नया उर्जा आउने समेत बताए । लामो समय देखि प्रमुख प्रशासकिय अधिकृत विहिन भएकोमा जनताले पाएका क्षति तिव्रगतीमा पुरा हुने बताए । नगर उपप्रमुख देवेन्द्र लामाले रोकिएका योजनाका काम र अन्य काम शिघ्र सम्पन्न हुने समेत बताए । उनले नया प्रमुख प्रशासकिय अधिकृतले पालिकाको विकासमा टेवा पुर्याउने बताए । यसअघि राप्ती नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नरहेको भन्दै चर्चा चुलिएको थियो । पालिकामा जनप्रतिनिधि, कर्मचारीले न्यापानेलाइ स्वागत गरेका हुन । न्यापानेले पालिकामा कार्यभार सम्हालेसंगै नियमित कामलाइ सुरु गरेका छन । उनले हामीसवै मिलेर काम गर्नुपर्ने बताए । उनले राप्तीको विकासको लागी हातेमालो गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार