रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघले सौराहामा हात्तीको सूँड काट्नेको पहिचान गरी कारबाही गर्न माग गरेको छ ।
संघका कार्यबहाक अध्यक्ष शंकर गिरीद्धारा जारी विज्ञप्तीमा सौराहाको पर्यटनलाई असर गर्ने गरी हात्तीको सुँड काटिएको भन्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरिएको हो ।
उद्योगी, व्यवसायी, पेशाकर्मी, नागरिक समाजले दिनदिनै असुरक्षित महशुस गरिरहेको अवस्थामा भएको उक्त घटनामा संलग्न व्यक्तिहरुको तत्काल खोजी गरि आवश्यक कार्यवाहीका लागि सम्वन्धित निकायको ध्यानाकर्षण गराउदछौं विज्ञप्तीमा भनिएको छ । साथै यस्ता निन्दनीय घटनाहरु पूनः दोहोरीन नदिन तथा सचेत रहन आग्रह गरिएको छ ।
मंगलवार राती ११ बजे अज्ञात समुहले पर्यटकलाई सफारीका लागि पालेको चन्चलकलीको सुँड काटिएको हो । पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको सो हात्तीले विगत २२ बर्ष देखि सौराहामा पर्यटकलाई सफारी गराउदै आएको छ ।