नेकपा एस राप्ती नगर कमिटीद्धारा वडाध्यक्षको व्यवहार प्रति विरोध

राप्ती । एकिकृत समाजवादी राप्ती नगर कमिटीले राप्ती नगरपालिका वडा नं ४ का वडाध्यक्ष केदार प्रसाद आचार्य र पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य राम सेढाइ विचको विवादको बिषयमा विज्ञप्ति निकालेको छ । कमिटीले सेढाइ कृषि शाखामा बसेर मोवाइल चलाइरहेको र सो बेला अध्यक्ष आचार्यले जवरजस्ति मोवाइल खोसेर अभद्र व्यवहार गरेको भन्दै पार्टीले विज्ञप्ति निकालेको हो । नगर इन्र्चाज हेमन्त कडेलले हस्ताक्षर गरेका विज्ञप्तिमा यो दुरव्यवहारले मानहानी भएको भन्दै आवश्यक कानुनी उपचार खोज्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार