राप्तीमा आँखा परिक्षणको सेवाग्राही बढ्दो एक पटक आफ्नो आँखा परिक्षण गर्न नगर प्रमुखको अनुरोध

राप्ती । राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले आखाको जाँच गर्नका लागी भण्डारा अस्पताल परिसरमा रहेको आखा परिक्षण केन्द्रमा आउन अनुरोध गरेका छन । लामाले एक पटक आएर आखा परिक्षण गर्नुपर्ने बताए । पछिल्लो समय हामी मोवाइल, कम्प्युटर तथा विद्युतिय सामानमा धेरै समय विताउने भन्दै यसको प्रत्यक्ष प्रभावमा आखामा पर्ने भन्दै एक पटक आएर आखा परिक्षण गर्न अनुरोध गरे । उनले नियमित आखा केन्द्रमा उपचारको लागी सेवाग्राहि बढ्दो क्रममा रहेको भन्दै खुशि व्यक्त गरे । कुनै दिन १७ जना सम्म पनि पुगेको भन्दै यसले विस्तारै गति लिने बताए । लामाले आइतवार आफै आखा केन्द्रको अनुगमन गरेका थिए । उनले आखाको परिक्षण सहित अप्रेशन सम्म गर्नुपर्ने भएमा संख्याको आधारमा भण्डारामानै हुने पनि बताए । आखा अस्पतालको व्यवस्थापनले ५ वा सो भन्दा बढी भएमा आवश्यक प्रविधि सहित भण्डारामा आएर उपचार समेत गरिदिने प्रतिवद्धता जाहेर गरेको बताए । लामाल अहिले नियमित ६ जना भन्दा बढी आउने गरेकोमा खुशि व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार