राप्ती । राप्ती नगरपालिका वडा नं २ मा रहेको सुरदेवी कुलोलाइ वैकल्पिक वाटोको रुपमा विस्तार गर्ने बिषयको विवादले चर्काेरुप लिएको छ । वडा नं २ का अध्यक्ष श्याम सुन्दर उप्रेतीले आइतवार वडा कार्यालयमा पत्रकार सम्मेलन गदै नगर उपप्रमुखको अभिव्यक्तिको बिषयमा खण्डन गरेका छन । उनले नगर उपप्रमुखले केहि व्यक्तिको लागी बजेट बनि सकेको , अदालतले निर्णय गरि सकेको वाटोलाइ कुलोमा परिणत गर्न खोजेको बताए । उनले यो काम गलत छ । उप प्रमुख आफैले पहिले बजेट व्यवस्थापन गर्ने अहिले आएर त्यो काम भएन भनेर भन्नु गलत भएको बताए । उनले यो निर्णयको विरोध समेत गरेका छन । वडा नं २ का सरोकार व्यक्तिहरु समेतले कुलो नभइ बाटो भएको भन्दै बाटो बनाउन माग गरेका छन । पञ्चायति सरकारमा वाटोको लागी ५ हजार रुपैया समेत लगानी भएको एक स्थानियको भनाइ रहेको छ । स्थानिय सेर बहादुर रिजालका अनुसार त्यो बैकल्पिक वाटो हो । स्थानिय सरकारले आवश्यक बिषयमा ध्यान दिनुपर्ने बताए । वडा नं २ की देव कुमारी तिमल्सिनाले कुलो नभइ वाटो भएको भन्दै यस बिषयमा पालिकाले ध्यान दिनपर्ने बताइन । वाटो बन्दा वडावासीलाइ सहजता हुने, विद्यालयमा पढ्ने बिद्यार्थीलाइ सहज हुने उनको भनाइ रहेको छ । स्थानिय सम्झना सेढाइ र मोहन पाठकका अनुसार वाटो बनाउनको लागस् अदालतले निर्णय गरि सक्दा पनि स्थानिय सरकार वाधक बनेको बताए । यदि सो वाटो कुलो भएको भए त्यसको मुहान कहा रहेको छ ? यो पत्ता लगाउन समेत चुनौती दिए । अहिले सम्म पिप्ले अर्थात १ नम्वर वडामा समेत पानि नआउदा कसरी कुलो हुन सक्छ भन्दै वैकल्पिक वाटोको बिषयमा नगरले निर्णय गर्नुपर्ने बताए । पिप्ले कुलोका तर्फ वाट चिरन पाठकले वाटोलाइ कुलोको रुपमा परिणत गर्न नहुने बताए । उनले पानि आउदैन । अहिले सम्म पिप्लेमा कुलो छैन यहा सम्म कहा वाट आउछ भन्दै वाटो बनाउनु पर्नेमा जोड दिए । वडाध्यक्ष उप्रेतीले अदालतले बाटो बनाउने भनेर गरेको निर्णयलाइ मान्नु पर्ने र आफुले सोहि अनुसारको प्रक्रिया थाल्ने बताए ।