राप्तीका जनप्रतिनिधीको एसइइ परिक्षाको अनुगमन

राप्ती नगरपालिकामा एसइइ परिक्षा २०७९ सौहार्द वातावरणमा सुरु भएको छ । पालिका भरी तिन वटा परिक्षा केन्द्र रहेको छ । राप्ती नगरपालिका वडा नं २ मा रहेको बुद्धशान्ती मावि, भण्डारामा रहेको भण्डारा मावि , वडा नं ७ मा रहेको बिरेन्द्र आर्दश माविमा परिक्षा चलिरहेको छ । राप्ती २ को बुद्धशान्ती माविमा भने पालिका भरीकै सवै संस्थागत विद्यालयको परिक्षा केन्द्र तोकिएको छ । वाकि दुइ विद्यालयमा सामुदायिक विद्यालय रहेका छन । अहिले राप्तीमा ७ सय ७६ विद्यार्थी परिक्षामा सहभागि रहेकोमा पहिलो दिन ५ जना अनुपस्थित रहेका थिए । पहिलो दिननै राप्ती नगरपालिका प्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामा , वडा नं २का अध्यक्ष श्यामसुन्दर उप्रेती, ३ का अध्यक्ष शिवकान्त ओली , ७ की अध्यक्ष सुमिता डल्लाकोटी, ८ का अध्यक्ष पुर्ण प्रसाद आचार्य नगर शिक्षा अधिकृत रविना देउजाले पायकका केन्द्रमा अनुमगन गरेका थिए । अनुगमनमा नगर शिक्षा समिती सदस्य राम बहादुर सारु, पत्रकार पुर्ण बहादुर मगर समेत सहभागि रहेका थिए । अनुगन पछि नगर प्रमुख लामाले पालिकामा शान्त वातावरणमा परिक्षा चलेको भन्दै खुशि व्यक्त गरे । उनले परिक्षाको अवधिमा कुनै समस्या भएमा नगरपालिका समन्वयन गर्न तयार रहेको समेत बताए । पालिका उपप्रमुख देवेन्द्र लामाले नडराइ ढुक्क रहेर परिक्षा दिन अनुरोध गरेका छन । उनले परिक्षा भन्ने वित्तिकै हाउ गुजि सोच रहेमा परिक्षा विग्रन सक्ने बताए । पढेका र जानेका कुरा लेख्न उनले सुझाव दिए । नगर शिक्षा अधिकृत रविना देउजाले राप्तीमा यस पटक पनि शान्त र सहज वातावरणमा परिक्षा चलिरहेको बताइ । परिक्षामा सहजताको लागी पालिकाले पहिलेनै परिक्षा केन्द्रका विद्यालयलाइ सुझाव मागेको थियो । अनुगमनकै क्रममा राप्ती प्रमुख लामाले बुद्धशान्ती माविको भौतिक संरचना समेत हेरेका छन । उनले सोको विकास र व्यवस्थापनको लागी आवश्यक वजेट मिलाउने र वडासंग सम्वन्यन गर्ने बताए । उनले विद्यालय विद्यालय जस्तै हुनुपर्छ भन्नै सोको बिषयमा नगरको ध्यान गएको बताए । विद्यालयको अवस्थाको बिषयमा व्यवस्थापन समितीका अध्यक्ष श्यामकृष्ण आचार्य , प्रधानध्यापक नमराज अधिकारीले बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार