राप्ती नगर बिशेष प्रचारमुखि आरोप नलाउन नगर प्रमुखको आग्रह आफुहरु विच सुमधुर सम्वन्ध छ : उपप्रमुख

राप्ती । राप्ती नगरपालिकामा बेथितिको चाङ्ग भन्दै लागेको आरोपको नगर प्रमुख शमशेर लामा र उपप्रमुख देवेन्द्र लामाले खण्डन गरेका छन । शनिवार प्रमुखको कार्यकक्षमा पत्रकार सम्मेलन गदै एमाले निकट वडाध्यक्षले पत्रकार सम्मेलननै गरी लगाएका सवै आरोप निराधार रहेको बताए । पत्रकार सम्मेलनमा नगर प्रमुख शमशेर लामाले पालिकामा उहाहरुले भने जस्तो अवस्था सिर्जना नभएको तर कपोकल्पित बिषयमा प्रचार गरिएको बताए । प्रमुख प्रशासकिय अधिकृतलाइ सार्ने काम उहाहरु वाटै भएको भन्दै आफुहरुको रुचि सो बिषयमा नभएको टिप्पणी गरेका छन । उनले पालिकामा अख्तियार किन आयो भन्ने बिषयमा सवैलाइ जानकारी हुदा हुदै पनि नगर प्रमुख र उपप्रमुखलाइ बदमान गर्ने मनासय लिएर पत्रकार सम्मेलनमा प्रचार गरिएको बताए । पालिकामा कोहि कसै कर्मचारीलाइ आफुहरुले कुनै पनि कुरामा दवाव नदिएको तर केहि वडाध्यक्ष आएर थर्काउदै फाइलनै फ्याक्ने सम्मको गैर जिम्मेवार काम गरेको प्रमाण आफुहरु संग रहेको उनले बताए । यसअघिका बिषयमा आएको अख्तियारको छानविनलाइ आफुहरुसंग जोडेर बदनाम गर्ने काम रोक्नुपर्ने उनले बताए । उनले सयौ योजनाको काम अलपत्र रहेको कुरा गर्ने तर कुन कुन योजनाको काम रोकिए भन्दा भन्न नसक्ने भन्दै यस्ता झुटा कुरा गर्न नहुने बताए ।लामाले पालिकामा प्रमुख प्रशासकिय अधिकृत नभएर भुक्तानिको काम रोकिएकोमा सेवाग्राहिलाइ पर्न गएको असुविधा प्रति क्षमा माग्दै अन्य काम नियमित भएको बताए । उनले वडागत काममा आफुहरुले सहयोग गरेको तर उल्टै नियमित काम समेत नभएको भन्दै उहाहरुले आफैले आफ्नो कार्य कुशलतामा प्रश्न उठाएको दावि गरे । पािलकामा अख्तियारमा उजुरी हाल्ने कर्मचारीनै पालेर उजुरीको चाङ्ग बनाएको समेत आरोप लगाएका छन । तोक आदेशका बिषयमा प्रमुख र उपप्रमुखको हैसियत भित्र रहेर मात्र काम गरेको उनले बताए । यसैविच नगर उपप्रमुख देवेन्द्र लामाले नगर प्रमुख र उपप्रमुख विचको टकराव नभएको बताए । आफुहरु पहिलो , अहिले र भोलि पनि एउटै र सहजरुपमा काम गरिरहने बताए । उनले वाहिर गलत प्रचार गदै आफुहरु विचमा फाटो नहाली दिन अनुरोध गरे । उनले भने आफ्नो काम गर्नुहोस अरुको काममा खुट्टा नतेर्साउनुहोस । उनले राप्ती २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेतीले बैकल्पिक वाटोको बिषयमा न्यायिक समितीलाइनै अटेड गरेको कुरा प्रति टिप्पणी गरेका छन । चित्त नबुझे न्यायलयको ढोका जानुपर्ने तर मिडियामा स्पष्टिकरण दिन नहुने उनले बताए । अहिले न्यायिक समितीले गरेको निर्णयमा केहि परिवर्तन नहुने उनले बताएका छन । साथै लामाले सवै मिलेर जनताको सेवामा लाग्नुपर्ने बताए । अहिले सम्म राप्ती नगरपालिकाको ४५ प्रतिशत काम बजेट प्रयोगमा आएको नगर प्रमुख लामाले बताए । वाकि बजेट प्रतिशत प्रयोग हुन वाकि रहेको बताए । वडा नम्वर १ को ५१.२ %, वडा नम्वर २ को ५७.३ %,वडा नम्वर ३ को १२.१९%,वडा नम्वर ४ को २२.५%,वडा नम्वर ५ को २२.१९%,वडा नम्वर ६ को १२.२८%,वडा नम्वर ७ को २८.८६%,वडा नम्वर ८ को १३.४९%,वडा नम्वर ९ को ५७.७९%,वडा नम्वर १० को २२.५७%,वडा नम्वर ११ को १३.६४%,वडा नम्वर १२ को २९.१७%,वडा नम्वर १३ को ४१.३३% मात्र बजेट प्रयोग भएको प्रमुख लामाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार