राप्तीमा ७ सय ७६ विद्यार्थी सहभागी निर्धक्क भएर परिक्षा दिन नगर प्रमुख लामाको अनुरोध देशैभरी शुक्रवार देखि एसइइ परिक्षा सुरु भएको छ । बिद्यार्थी आइरन गेटको रुपमा लिइने परिक्षामा राप्ती नगरपालिका वाट ७ सय ७६ जनाले एसइइ परिक्षामा सहभागि हुदैछन । जसमा छात्रा जम्मा ४ सय १३ ,छात्र ३६३ जना रहेका छन । सामुदायिक बिद्यालय वाट विद्यार्थी संख्या २९८ जना रहेका छन जसमा छात्राको १६६ जना रहेको छ भने १३२ छात्र जना रहेको छन । संस्थागत विद्यालयतर्फ भने जम्मा विद्यार्थी संख्या ३६८ जना रहेका छन । जसमा छात्रा १७६ जना र छात्र १९२ जना रहेका छन । पालिकामा तिन वटा परिक्षा केन्द्र तोकिएका छन । राप्ती २ को बुद्धशान्ती मावि, राप्ती ६ भण्डाराको भण्डारा मावि र राप्ती ७ को बिरेन्द्र आर्दश मावि रहेका छन । शुक्रवार वाट सुरु भएको एसइइ परिक्षामा सहभागि सवै विद्यार्थीलाइ राप्ती नगरपालिका प्रमुख शमशेर लामाले शुभकामना दिएका छन । लामाले मनमा कत्ति पनि डर नमानि ढुक्क भएर परिक्षामा सहभागि हुन अुनरोध गरेका छन । उनले एसइइ भन्ने वित्तिकै मनमा डर हुने भएको कारण डर हटाएर परिक्षामा सहभागि हुनुपर्ने बताए । यो समयमा अभिभावकले बिशेष ख्याल गर्नुपर्ने बताए । राप्ती नगर उपप्रमुख देवेन्द्र लामाले अहिलेको समयमा एसइइ सामान्य रुपमा हेरिएको भन्दै विद्यार्थीको लागी यो स्टेप महत्वपुर्ण रहेको कारण ध्यान दिएर परिक्षा दिन अनुरोध गरे । यस पटक भण्डारामा मावि वाट विद्यार्थी संख्या ११० जना , छात्रा ७१ र छात्र ३९ , आर्दश विद्या आश्रम इ.बो.स्कुल वाट विद्यार्थी संख्या ४४ जना , छात्रा १४ र छात्र ३० , साग्रिंला इ बो स्कुल वाट विद्यार्थी संख्या १९ जना , छात्रा १० र छात्र ९ , दर्शन एकाडेमी वाट विद्यार्थी संख्या २१ जना , छात्रा १० र छात्र ११ ,पिस ल्याण्ड पव्लिक विद्यार्थी संख्या २१ जना , छात्रा ६ र छात्र १५ , साकुरा एकाडेमी वाट विद्यार्थी संख्या २६ जना, छात्रा १४ र छात्र १२ , विद्या मेमोरियल स्कुल विद्यार्थी संख्या ४४ जना , छात्रा २० र छात्र २४ , मावि बम्ह्रनगर वाट विद्यार्थी संख्या ६३ जना , छात्रा ३६ र छात्र २७ , बिरेन्द्र आर्दश वाट विद्यार्थी संख्या १०१ जना , छात्रा ४८ र छात्र ५३ , थाकलटार मावि वाट विद्यार्थी संख्या ३५ जना, छात्रा २२ र छात्र १३ , समिटार मावि वाट विद्यार्थी संख्या २६ जना , छात्रा १७ र छात्र ९ , गणेश मावि वाट विद्यार्थी संख्या ८ जना, छात्रा ६ र छात्र २ , आइरिस इग्लिस वाट विद्यार्थी संख्या ६७ जना, छात्रा २५ र छात्र ४२ , राष्टिय मावि महादेवटार वाट विद्यार्थी संख्य ६४ जना , छात्रा ३७ र छात्र २७ , बुद्धशान्ती मावि वाट विद्यार्थी संख्या १११ जना, छात्रा ७३ र छात्र ३८ र रत्नमित्र शिक्षा सदन वाट विद्यार्थी संख्या १५ जना , छात्रा ४ र छात्र ११ रहेका छन । सामुदायिक विद्यालय अन्र्तगत सवैभन्दा धेरै बुद्धशान्ती माविमा १ सय ११ जना , सवैभन्दा कम गणेश मावि ८ जना विदार्थी एसइइमा सहभागि रहेका छन । संस्थागत विद्यालय अन्र्तगत सवैभन्दा धेरै आइरिस इग्लिस ६७ जना र सवैभन्दा कम रत्नमित्र शिक्षा सदन वाट १५ जना सहभागि रहेका छन ।