आरजु गिरोहको हेपाइले पार्टीमा बस्न नसकेको भन्दै डा। स्वर्णिमले छाडे कांग्रेस

काठमाडौं, चैत १६ अर्थविद् डा स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेका छन् । उनले कांग्रेस छोडेको सार्वजनिक घोषणा नगरे पनि कांग्रेस नेताहरुलाई पत्र लेखेर यसको जानकरी गराएका छन् ।पत्रमा उनले कांग्रेसप्रति अपार सद्भावका बावजुद आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको उल्लेख गरेका छ । उनले नेताहरुलाई भेटेर कुरा राख्दा कांग्रेस नछोड्न आग्रह गर्ने भन्दै आफू निगाह कुरेर नबस्ने उल्लेख गरेका छन् । डा। वाग्लेले समय तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै डेलिभरीको प्रयासमा लागेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार