राप्ती । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाको स्वास्थ्यमा समस्या देखा परेको छ । नगर प्रमुख लामालाइ ज्वरो आइ टाइफाइट भएपछि अस्पताल भर्ना गरिएको थियो । लामा अहिले अस्पताल वाट घरमा आइ आराम गरिरहेका छन । लामा तिन दिन यता पालिका जान सकेका छैन । लामाले यो विचमा सेवाग्राहिलाइ पर्न गएको असुविधा प्रति क्षमा मागेका छन । पालिकामा नियमित काम भइरहेको भन्दै पालिका प्रमुखको हैसियतमा हुनुपर्ने काम रोकिएकोमा क्षमापार्थी छु । स्वास्थ्यले साथ दिए शुक्रवार वाट नियमित कार्यालयमा उपस्थित हुने बताए । आफु सोमवार वाट कार्यालय जान नसकेको वाकि रहेका कामलाइ तत्काल गर्ने बताए । लामाको स्वास्थ्य अवस्था अहिले सुधार हुदै गएको उनको परिवारले बताए ।