राप्ती नगर खेलकुद समितीको संयोजकमा सन्देश घलान

राप्ती । लामो समय देखि अल्झिएको राप्ती नगर खेलकुद समितीको संयोजकमा सन्देश घलान नियुक्त भएका छन । सोम पुनको नेतृत्वको कार्यकाल सकिए पछि घलानलाइ नियुक्त गरिएको हो । जिम्मेवारी पाएसंगै घलानले पालिकाको खेलकुद क्षेत्रमा समावेशी हुने बताए । उनले भने “खेलकुदमा पार्टी भन्दा माथि रहेर खेलाडीको लागी काम गर्नेछु, सवै प्रकारका खेल क्षेत्रलाइ समावेश गर्नेछु । आफ्नो कार्यकालमा खेलकुदको माध्यम वाट पालिकाको पहिचान हुने छ” घलान विभिन्न सामाजिक संघ स.स्थामा समेत आवद्ध रहेका छन । नेकपा माओवादी केन्द्र राप्ती नगर सचिव समेत रहेका घलान तामाङ्ग घेदुङ्ग लगायत दर्जन भन्दा बढी संस्थामा आवद्ध रहेका छन । उनलाइ आदिवासी जनजाती राप्ती नगर समिती सदस्यमा समेत मनोनित गरिएको छ । लामा स्थानिय रेडियोका लगानीकर्ता समेत हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार