राप्ती १४ चैत । चितवनको राप्ती नगरपालिकामा रास्ट्रिय युवा संघको अध्यक्षमा सोमबहादुर पुन चयन भएका छन् । संघको मंगलबार सम्पन्न अधिबेशनले पुनको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति चयन गरेको हो । सर्वसम्मत चयन भएको कार्यसमितिको उपाध्यक्षमा सिमान्त थपलिया, सचिवमा मनिक लामा, सहसचिवमा बुद्धिलाल तामाङ र गणेश कँडेल तथा कोषाध्यक्षमा रुपा बिक चयन भएका छन् । बाँकी सदस्य रहेका छन् । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं पूर्व प्रदेश मन्त्री जेएन थपलिया, नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य एवं पूर्व प्रदशमन्त्री दावा लामा, नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य कृष्णभक्त पोखरेल, नेकपा एमाले जिल्ला उपाध्यक्ष कमल पाठक, नेकपा एमाले राप्ती नगर कमिटी अध्यक्ष पूर्ण बहादुर थापा, रास्ट्रिय युवा संघका जिल्ला अध्यक्ष शंकर अधिकार।ी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम रास्ट्रिय युवा संघ राप्ती नगर संयोजक उत्तम सेढाई को अध्यक्षतामा भएको थियो ।