लागूऔषध गाँजासहित एक युवक पक्राउ

राप्ती । सोमबार बेलुकी ५ बजेको समयमा राप्ती नगरपालिका वडा नं–३ मुडेबासका २४ वर्षीय ज्ञानबहादुर प्रजा १० किलो लागूऔषध गाँजासहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी नायव निरीक्षक पदम बस्ताकोटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले निज प्रजालाई आफ्नै घरटहरोमा लुकाइछिपाइ राखेको गाँजासहित नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा पक्राउ परेका प्रजालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार