चैत ६ गते । राप्ती नदिमा २० वटा घडियाल गोही सोमवार छाडिएको छ । खैरहनी स्थित खगेन्द्रमल्ली उपभोक्ता समिति र राप्ती स्थित लोथर उपभोक्ता समितिको सिमाना पारेर राप्ती नदिमा लोपोन्मुख घडियाल गोही छाडिएको हो । यो क्षेत्रमा गोही छाडिएको पहिलो पटक हो । राप्ती नगरपालिका प्रमुख शमशेर लामाको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बीच गोही छाडिएको थियो । सो अवसरमा बोल्दै राप्ती नगरपालिका प्रमुख शमशेर लामाले लोपोन्मुख अवस्थामा रहेको घडियाल गोही संरक्षणका समुदायको दायित्व रहने वताए । गोही छाड्नु मात्र ठुलो कुरा नभएको उल्लेख गर्दै नगर प्रमुख लामाले रेखदेख र संरक्षण महत्वपूर्ण पाटो रहेको वताए । दुवै उपभोक्ता समिति र चितवन राष्ट्रिय निकुञ्जले पहिलो पटक मुडाभार कुलो मुहान नजिक घडियाल गोही छाडेको लोथर उपभोक्ता समिति अध्यक्ष मानवहादुर स्याङ्वोले वताए । उनका अनुसाार नदिमा छाडिएका दुई देखी तीन वर्ष उमेर समुहका सवै पोथी गोही हुन् । संरक्षणमा उपभोक्तालाई अपनत्व गराउँदै पर्यापर्यटनको विकास गर्ने उदेश्यका साथ पहिलो पटक यो क्षेत्रमा गोही छाडिएको लोथर उपभोक्ता समिति अध्यक्ष स्याङ्वाले वताए । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत समेत रहेका घडियाल प्रजनन केन्द्रका प्रमुख शान्त वहादुर मगरले यो वर्ष १५० वटा गोही छाड्ने लक्ष्य अनुसार राप्तीमा नम्वर लगाएर २० वटा घडियाल छाडिएको वताए ।