रत्ननगरका व्यवसायीलाई कर सम्बन्धी प्रशिक्षण

spot_img

रत्ननगर । पूर्वी चितवनको रत्ननगरका व्यवसायीहरुका लागि सोमबार कर दाता शिक्षा सम्बन्धी प्रशिक्षणत्मक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय खैरहनी शाखाको सहयोगमा रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो कार्यक्रममा मिसम्याचले व्यवसाय सञ्चालनमा पु¥याएको असर, व्यवसायीमा परेको मर्का र समस्या सामधानको उपायहरुको विषयमा प्रशिक्षण दिइएको संघका कार्यबहाक अध्यक्ष शंकर गिरीले जानकारी दिए ।

मिसम्याचको समस्याका कारण करदाता व्यवसायी र आन्तरिक राजश्व कार्यालय बीचको दुरी बढ्दै गएको भन्दै चिसम्याचले निम्त्याएको समस्या निराकरणको लागि कार्यक्रम आयोजना गरिएको गिरीले बताए । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय खैरहनी शाखाका प्रमुख अर्जुन पन्थीले सहजीकरण गरेका थिए ।

सो अबसरमा उनले करदाताले आय विवरणको अनुसुची १३ को फारम भर्दा उल्लेख गरेका विषय कारोबार गरेका विषयसंग मेल नखादा मिसम्याचको समस्या आउने बताए । आयकर ऐन र आर्थिक ऐनले व्यवस्था गरे अनुसार व्यवसायीले कारोबार नगरेका कारण राज्यलाई तिर्ने करमा पारदर्शीता नहुन नसकेको उनको भनाई छ ।

मिसम्याचको समस्या आउदा आम्दानी लुकाएको ठहरिने र त्यसो हुन पुगे ५० प्रतिशत देखि सात प्रतिशत सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको पन्थीले बताए । कार्यक्रममा संघसंघ आबद्ध १५० बढी व्यवसायीको सहभागिता रहेको थियो ।

संघका कार्यबहाक अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षहरु भीमनारायण श्रेष्ठ,रघुनाथ भट्ट,पुरु खनाल,संघका कार्यसमिति सदस्य तथा राजश्व व्यवस्थापन समितिका संयोजक सुर्यप्रकास रेग्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संघका कोषाध्यक्ष उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार