राप्ती । पुर्बी चितवनको भन्डारा चोकमा रहेको इलिमो इन्टरनेशनल एकेडेमी मा जापानीज भाषा अध्ययन गर्ने ७५ प्रतिशत भन्दा बढि बिधार्थीले जापान जाने अवसर पाएका छन् । कक्षा १२ पास गरेको १० बर्ष पछि प्रोसेस गरेको बिधार्थिहरुको पनि सिओइ निकाल्न सफल भएको कुरा प्रबन्धक काशिराम चालिसेले जानकारी दिए । बिगत १० महिना अगाडि मात्र खुलेको यस एकेडेमी राप्तीका बिधार्थिको पहिलो रोजाइमा परेको छ। यहाँ टाढा टाढा बाट धेरै बिधार्थी एकेडेमीको राम्रो बिषेशताका कारण आकर्षित भएका भएका छन् । मनहरी, लोथर, पिप्ले, डडुवा, भन्डारा, बिरेन्द्रनगर, खुरखुरे तथा खैरहनी बाट पनि बिधार्थीहरु यहाँ अध्ययन गर्न आउने गरेका छन् । जापानमा न्यनतम शुल्कमा प्रोसेस गरिने र जापानका टोकियो, ओसाका, नागोया, फुकुओका, हिरोसिमा, वकिनवा, कोवे, सेन्दाई, लगायतका विभिन्न शहरहरुमा बिधार्थीले रोजेको कलेज तथा बिश्व बिधालयमा अप्लाइ गरिने र अन्यत्र बाट भन्दा यहाँबाट गएमा बढी सहज र सजिलो हुने हुँदा सबै जना इलीमो इन्टरनेशनल एकेडेमीलाई रोजेको बिधार्थीको भनाइ छ । यस एकेडेमीले जापानमा ‘भाषा पढेपछि कलेज अथवा युनिभर्सिटीमा भर्ना गर्न आवश्यक सहजीकरण गर्नेछ । अध्ययनमा गएका विद्यार्थीहरुले वर्किङ्ग, भिजिट, डिपेन्डेन्ट लगायतका भिजा प्रोसेसिङका लागि पनि सहजिकरण गर्ने काशिराम चालिसेले बताए । साथै कम्प्युटरका बिभिन्न शिप सिकाउने र कक्षा ७–८–९ फेल भएकाहरुलाई प्राइभेट एस.एल.सी पास गराउने कक्षा पनि सन्चालनमा रहेको छ ।