रत्ननगर । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत आज चितवनको दुई क्याम्पसमा मात्रै मतदान हुँदै छ ।
माडीको माडी बहुमुखी क्याम्पस र टाँडीको सहिद स्मृति बहुमुखी क्याम्पसमा आज केहिबेरमा मतदान हुन लागेको हो ।
अन्य १५ वटा क्याम्पसमा भने स्ववियु चुनाव अनिश्चितकालका लागि स्थगित भएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए ।