राप्तिको मुख्य राजमार्गमा थप सिसिटिभी जडान सुरु

राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले ईलाका प्रहरी कार्यालय भण्डारालाई सिसिटिभी हस्तान्तरण गरेका छन् । मुख्यगरि सुरक्षाको हिसाबले राजमार्गको विभिन्न चोकमा जडानको लागि नगर प्रमुख लामाले सिसिटीभी हस्तान्तरण गरेका हुन् ।इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख कुमार गुरुङले सिसिटिभी ग्रहण गर्नु हुँदै नगरमा हुने विभिन्न घटना र चोरी सिकारी कम गर्न सकिने बताए ! गुरुङ शुक्रबार सरुवा भइ जाँदैछ्न ! उनले आफू जादा जाँदै पालिकासग सहकार्य गरि सिसिटी थप गर्न पाएकोमा खुसी व्यक्त गरे ! राप्ती नगरपालिकाको राजमार्गमा धेरैजसो हिट एण्ड रनको घटना घटेपछि ईलाका प्रहरी कार्यालय भण्डाराले सिसिटीभीको लागि पहल गरेको थियो । राजमार्गको मुख्य/मुख्य चोकको लागि १० वटा सिसिटीभी जडान गरिने भएको हो । जसमा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन (एएनपिआर) २ वटा र राति पनि रङ्ग छुट्याउन सक्ने ८ वटा सिसिटीभी रहेका छन् । करिब ४ लाख ९८ हजारको लागतमा सिसिटीभी जडान गर्न लागिएको हो । राप्तीको मुख्य सिमाना लोथर र खुरखुरेमा सुरक्षाको हिसाबले सिसिटीभी आवश्यकता रहेको नगर प्रमुख लामाले बताए । रातिपनि नम्बर प्लेट देखिने सिसिटिभी भएकोले यसको जडान पश्चात् दुर्घटना घटाउने गाडी पत्ता लगाउने सजिलो हुने बताए । प्रहरी कार्यालयले कहाँ कहाँ राख्ने भनेर तालिका बनाइसकेको हुँदा यसको जडान कार्य तत्काल सुरु गरिने पनि उनले बताएका छन् । सिसिटिभी जडान कार्य राप्ती-५ भण्डारामा रहेको एन्टेक सोलुसनले गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार