सुन्दर भण्डारा निर्माण स्थानिय सरकारसंग व्यवसायीको बैठक

राप्ती । राप्ती नगरपालिका प्रमुख शमशेर लामाले भण्डारा बजार व्यवस्थापनको बिषयमा पालिका सधै सचेत रहेको बताएका छन । प्रमुख लामाले भण्डारा बजार व्यवस्थापनको बिषयमा बजारले दिएको सुझावलाइ मनन गदै अगाडी बढ्ने बताए । राप्ती उद्योग वाणिज्य संघ राप्ती, भण्डारा बजार टोल विकास संस्थाले वडा नं ५ र ६ संगको सहकार्य पछि पालिकामा बसेको बैठकमा लामाले सो कुरा बताएका हुन । बुधवार लामाले भण्डारामा राख्ने भनिएको प्रहरी विट, सार्वजनिक शौचालयको बिषयमा पनि आफ्नो धारणा राखेका थिए । बजारका व्यवसायी र टोल विकास स.स्थाले यस बिषयमा पालिकालाइ सहजकिरण गर्नुपर्ने बताए । नगर प्रमुखको कार्यकक्षमा भएको बैठकमा वडा नं ५ का अध्यक्ष सिताराम वलले पालिकाको केन्द्र विन्दुनै भण्डारा बजार रहेको भन्दै यसको संरक्षण र विकासको लागी वडा सदै जिम्मेवार रहने बताए । वडा नं ६ का अध्यक्ष जल्लु महतो थारुले अवका दिनमा बजारलाइ सुन्दर बनाउन आवश्यक समन्वय गर्नुपर्ने कुरामा जोड दिए । राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कडेलले पालिकालाइ बजारीकरण गर्नको लागी संघ सदैव पालिकासंग सहकार्य गरी अगाडी बढ्न चाहेको बताए । बैठकमा भण्डारा बजार टोल विकास संस्थाका अध्यक्ष हिरा श्रेष्ठ, जनजागृत हरियाली सहकारीका अध्यक्ष धर्मराज कडेल लगायतकाले आफ्नो कुरा राखेका थिए । व्यवसायीको पक्षमा रहि बजारीकरण गर्न आफुहरु तत्पर रहेको बताए । बैठकमा भण्डारा बजारका व्यवसायीहरुले जनजागृत हरियाली तरकारी बजारमा रहेको सटललाइ प्रयोग गर्नुपर्नै, ठेलागाडामा व्यापार गर्न नपाइने , सरकारी जग्गा मिचेर व्यापार गरेको खण्डमा तत्काल हटाउनु पर्ने , दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने, बजारको सुन्दरताको लागी पालिकाले ध्यान दिनुपर्ने माग गरेका छन । बैठकमा वडा नं ५ र ६ का जनप्रतिनिधि, उद्योग वाणिज्यसंघका पदाधिकारी, बजारका व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार