उजुरी धेरै आउन थाले पछि राप्तीमा अख्तियारको स्थलगत निरिक्षण

राप्ती । राप्ती नगरपालिकाको बिषयमा उजुरी थपिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले स्थलगत निरिक्षण गरेको छ । आइतवार पालिकामा दिनभर रहेका अख्तियारका कर्मचारी राती साढे ८ बजे मात्र निस्किएका हुन । दिनदिनै व्यक्तिबिशेषमा पालिकाको क्रियाकलापलाइ लिएर उजुरी पर्न थालेपछि अख्तियारको टोलि पालिकामै आएर अनुसन्धान गरेको हो । आयोगले पालिका अगाडी थुपारिएर राखेको ढुङ्गा, गएको आर्थिक बर्षका विभिन्न गतिविधि र विविध खर्च समय अगावै सकिएको बिषयलाइ लिएर आयोगले स्थलगत निरिक्षण गरेको हो । पालिकाका प्रमुख प्रशासकिय अधिकृत जित बहादुर भण्डारीले उजुरी परेका उजुरी सम्वन्धि सम्पुर्ण श्रेष्ताको प्रमाणित प्रतिलिपि उपलव्ध गराएका छन । पछिल्लो समय राप्ती नगरपालिकामा भएका योजना तथा विकासका काम वा अन्य गतिविधिलाइ लिएर व्यक्ति बिशेष उजुरी बढ्न थालेपछि आयोग आफै पालिकामा निरिक्षणको लागी आएको हो । पालिकालाइ आयोगले पठाएको पत्राचारको अनुसार आवश्यक विल भरपाइको प्रतिलिपि समेत लगेको छ । राप्ती २ को सुरदेवी वाटो , वडा कार्यालय भवनको जग्गा संरक्षण, नगर प्रमुखको मोवाइल खरिद, किसानलाइ बाढेको स्प्रे पम्प, कर्मचारी नियुक्ति, आर्थिक बर्ष २०७८÷०७९ को खाना खाजा बराबरको रकम भुक्तानि, आर्थिक बर्ष २०७७÷०७८ राप्ती १३ को तान्द्राङ्ग देखि गढी जाने वाटो निर्माण , चालु आर्थिक बर्षको इन्धन खर्च, विपद व्यवस्थापन , फर्निचर , मर्मत र कृषि अनुदानको बिषयमा उजुरी परेको थियो । कोहि कसैलाइ चित्त नबुझेमा उजुरी हाल्न सकिने र सोहि अनुसारको नियमित प्रकृयामा अख्तियार पालिकामा आएर उजुरी सम्वन्धि सम्पुर्ण श्रेष्ताको प्रमाणित प्रतिलिपि आयोगले लगको नगर प्रमुख शमशेर लामाले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार