राप्ती । राप्ती नगरपालिकाको नया प्रमुख प्रशासकिय अधिकृतमा जित बहादुर भण्डारी आएका छन । भण्डारी यसअघि जिल्ला हुलाक कार्यालय चितवन प्रमुख हुनुहुन्थ्यो । विहिवार देखि हाजिर भएका भण्डारी लामो समय हुलाक विभागमा रहेका थिए । भण्डारीलाइ विहिवार नगर प्रमुख शमशेर लामा, जनप्रतिनिधि तथा कर्मचारीले स्वागत गरेका हुन । उनलाइ स्वागत गदै नगर प्रमुख शमशेर लामाले पालिकाको प्रशासनिक काम चुस्तदुरुस्त हुने कुरामा विश्वास रहेको बताए । लामाले यसअघि रहनु भएका प्रमुख प्रशासकिय अधिकृतहरु वाट पनि पालिकामा धेरै राम्रा काम भएका भन्दै नया आउनु भएका प्रशासन प्रमुखले समेत पालिकाको विकासमा सकरात्मक निर्णय गर्ने बताए । नया आएका भण्डारीले प्रशासनिक काम कुनै गुनासो नआउने गरी काम हुने बताए । उनि यसअघि गण्डकी गाउपालिकामा प्रमुख प्रशासकिय अधिकृत रहेका थिए । उनको स्थायी घर तनहु हो ।