‘हमलाको घोर भर्त्सना गर्दै कारवाहीको माग !’

रत्ननगर, फागुन २५ । नेपाल विद्यार्थी संघ भुवानीशंकर बहुमुखी इकाइ समिति सभापति सुमन शाही ठकुरी र सुजन गुरुङ लगाएतका विद्यार्थीलाई घाईते बनाएको घटना प्रति नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति चितवन क्षेत्र नं. १ ले घोर भर्त्सना गरेको छ ।

यही फागुन २३ गते नेपाल विद्यार्थी संघ भुवानीशंकर बहुमुखी इकाइ समितिले सिमलटाँडीमा आयोजना गरेको होली मिलान कार्यक्रममा १४/१५ जनाको समुहमा आएका व्यक्तिहरुले ठकुरी र गुरुङ लगाएतका विद्यार्थीलाई घाईते बनाएका थिए ।

नेपाली कांग्रेस चितवन क्षेत्र नं. १ का क्षेत्रीय सभापति किरण भुषण ओलीले बिहीवार एक प्रस विज्ञप्ती जारी गर्दै ज्यान मार्ने उद्देश्यबाट हात हतियार बोकेर मोटरसाईकलमा आतङककारी शैलिमा गरीएको यस आपराधिक तथा अमानवीय घटनाको घोर भर्त्सना गर्दै घटनामा संलग्न दोसीलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसंग माग गरेकाछन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार