भुवानीशंकर बहुमुखी क्याम्पसमा झडप

नेपाल विद्यार्थी संघ भुवानीशंकर बहुमुखी इकाई समितिले सिमलटाडी मा मंगलबार राखेको होली मिलन कार्यक्रममा इकाइ सभापति लयाएतका नेपाल विद्यार्थी संघ सदस्य माथि क्रान्तिकारी निकट विद्यार्थी संगठनले होलि मिलन कार्यक्रमकै बिचमै आक्रमण गरेका थिए । घटनामा सभापति लगाएत अन्य विद्यार्थी गाइते भएका छन् । इकाइ सभापति सुमन शाहि ठकुरी सामान्य घाइते भएता पनि अन्य दुई जनाको भने हात भाचीएको छ । घाइतेहरु को मंगलबार नै पर्सा को एक पोलिकिल्निकमा उपचार भइरहेको छ । घटनाको भर्तसना गर्दौ इकाई सचिव जानुका धमलाले घटना संल्गन व्यक्तीहरु लाई यथा सिघ्र पक्राउ गरि कानुन को आभास गराउन र शान्ति सुरक्षा को कायम गर्न भनि एक विज्ञप्ती मार्फत जानकारी दिनु भयो । घटनालाई ने. वि. संघ जिल्ला समिति, चितवनले निकै संवेदनशील तरिकाले लिएको र आउदो स्ववियु चुनावलाई लक्षित गरि चुनाव विथल्न प्रयास हुन सक्ने अनुमान लगाएको छ । जिल्ला सभापति राजेश भुषालले लोकतन्त्र, गणतन्त्र आइसकेको मुलुकमा , यस्ता क्रियाकलाप क्रमन्तिकारी विद्यार्थीले गर्नु असोभाविक रहेको बताउनु भयो । ने.वि.संघ जिल्ला समितिले प्रकाश कुमार श्रेष्ठ को संयोजकतो मा छानविन समिति गठन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार