काठमाडौँ,फागुन १९-
ललितपुरको गोदावरी नगरपालिका–११ स्थित चापागाउँबाट बुद्धको मूर्ति चोरी भएको छ । चापागाँउस्थित बुद्ध स्तुपामा रहेको विभिन्न वर्ण र आकृतिमा कुँदेर बनाएको करिब ३ सय वर्ष पुरानो बुद्धको मूर्ति चोरी भएको स्थानियहरुले बताएका छन् ।
चोरीको घटानाबारे ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।