जीपकाे ठक्करबाट सिन्धुलीमा एक बालिकाकाे ज्यान गयाे

सिन्धुली – सिन्धुलीमा आज बिहीवार दिउँसाे जीपकाे ठक्करबाट एक बालिकाकाे ज्यान गएकाे छ ।

जीपले ठक्कर दिँदा तिनपाटन गाउँपालिका–११ की ९ वर्षीया ममता तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–७ मा सडक पार गर्ने क्रममा बालिकालाई बा ४ ख ६६७३ नम्बरकाे जीपले ठक्कर दिएकाे थियाे ।

बालिकालाई ठक्कर दिने जीपका चालकलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार