केपी ओली कपकाे उपाधि मच्छिन्द्रलाई

काठमाण्डाै – मच्छिन्द्र फुटबल क्लबले केपी ओली कप फुटबल प्रतियाेगिताकाे उपाधि जितेको छ । बुधवार दशरथ रङ्गशालामा भएकाे फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी शुटआउटमा ५-३ गोल अन्तरले हराउँदै मच्छिन्द्रले उपाधि जितेकाे हाे ।

निर्धारित ९० मिनेटमा १–१ काे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे थियाे । त्यसअघि मच्छिन्द्रका लागि खेलकाे ५ औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दा सातदाेबाटाेका लागि खेलकाे १८ औँ मिनेटमा जोर्डन ओवानाले गाेल गरेका थिए ।

उपाधिसँगै मच्छिन्द्रले १० लाख रुपैयाँ प्राप्त गरेकाे छ । उपविजेता बनेकाे  सातदोबाटोले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको प्रतियोगितामा आयोजक केपी ओली फुटबल क्लबसहित ८ वटा टोलीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार