गौतमबुद्ध विमानस्थलमा २५ फागुनदेखि जजिराले पुनः उडान गर्ने

काठमाडौं, फागुन १७-

जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा २५ फागुनदेखि पुनः उडान सुरू गर्ने भएको छ । जजिराले भैरहवाबाट कुबेतका लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ । कम्पनीले बुधबार उडान तालिका सार्वजनिक गरेको छ । जजिरा एयरवेजले २५ फागुन २०७९ देखि भैरहवाबाट सातामा तीन वटा उडान गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

उडान तालिकाः

कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ । साथै जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडान भाडा कायम गरेको समेत जनाएको छ ।

नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजिरा एयरवेजको प्रतिवद्धता अनुसार मध्यपूर्वमा पुनः सिधा उडान गर्न लागिएको हो । यसबाट भारतीय नागरिकका बीचमा लुम्बिनीलाई गौतमबुद्धको जन्मस्थल र आध्यात्मिक गन्तव्यका रुपमा प्रवर्द्धन हुने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार