चितवनमा राहदानीको अग्रिम अनलाइन आवेदन आजदेखि खुल्ने

चितवन, फागुन १७–

जिल्ला प्रशासन कार्यालय चितवनले राहदानीको अग्रिम अनलाईन आवेदन आज दिउँसो १२ बजेदेखि खोल्ने भएको छ । प्रशासन कार्यालयले यसअघि एक महिनाको लागि तीन हजारको संख्यामा अनलाईन फारमको आवेदन खोलेको थियो ।

उक्त आवेदन सकिएपछि पुनः अग्रिम आवेदन खोल्न लागिएको हो । कार्यालयले अब भने १० दिनको लागि करिब एक हजारको संख्यामा अग्रिम आवेदन फारम खोल्न लागेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत आनन्द वंश न्यौपानेले जानकारी दिए । कार्यालय खुल्ने दिन प्रति दिन १२० जनालाई सेवा दिनेगरी अग्रिम अनलाइन आवेदन खुलाइने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार